ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम नवलपरासीको जावा क्षेत्रलाई पर्यटकीय गन्तव्य बन्दै


admin
१६ फाल्गुन २०७५, बिहिबार   ५ : ०५   बजे

 
 
नवलपरासी, १६ फागुन  ।  पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ जावामा रहेको पर्यटकीय क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनलाई भित्र्याउन राम्रो गन्तव्यका रुपमा विकास गर्न काम शुरु भएको छ । 

सरावल–२ जावामा रहेको पर्यटकीय क्षेत्रलाई एकीकृतरुपमा पर्यटनको राम्रो गन्तव्यका रुपमा विकास गर्ने काम थालिएको हो । सो क्षेत्रमा ऐतिहासिक ताल, विश्वकै लोपोन्मुख दाबी गरिएको कोलवृक्ष (रुख), कोटही मन्दिर र ऐतिहासिक कुवा (इनार) रहेका छन् । 

करीब पाँच बिघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक तालमा विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा तथा दुर्लभ जलचरको बसोबास रहेका छन् । प्राकृतिक रुपमा सौन्दर्य भएको सो तालमा १२ औँ महीना पानी सुक्दैन् । परापूर्व कालदेखि सो तालमा हासम्म पनि पानी नसुकेको स्थानीयवासीको दाबी छ । 

धार्मिक किम्वदन्तीअनुसार स्थानीयस्तरमा कुनै पनि व्यक्तिको विवाह गर्नुपरेमा सो तालमा विधिपूर्वक पूजाअर्चना गरेमा विवाहलाई आवश्यक पर्ने सबै गरगहना, भाडाकुँडालगायत सबै आवश्यक मालसामान स्वतः वाहिर निस्किएर प्राप्त हुने गर्दथ्यो । सो सामान प्राप्त गरी विवाह सम्पन्न भएपछि पुनः सो सामान तालमा लगेर फर्काउनुपर्ने विधि थियो तर एकजना व्यक्तिले सो सामान फिर्ता नगरेपछि त्यो प्रक्रिया लोप भएको धार्मिक किम्वदन्ती रहेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी बताउनुहुन्छ । 

यसैगरी यस स्थलमा रहेको अर्को महत्वपूर्ण विषयवस्तु हो विश्वकै लोपोन्मुख दाबी गरिएको कोलवृक्ष (रुख) । विश्वकै लोपोन्मुख यो प्रजातिको रुख यसै क्षेत्रमा सुरक्षित छ । यो वृक्ष वुद्धकालीन युगमा जडीबुटीको रुपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख रहेको छ । 

बौद्धकालीन युगमा राजाराम भन्ने राजालाई कुष्ठरोग लागेर देश निकाला गरिएको थियो । त्यति बेला राजाले यही कोलवृक्ष मुनि विश्राम गरेर त्यही वृक्ष पातको लेप शरीरभरि लगाउने र यसको फल खाने गरेर कुष्ठरोग निको भएको हुनाले भगवान गौतमबुद्धले ठाउँठाउँमा शिविर राखेर छालासम्बन्धी रोगको उपचार तथा कुष्ठरोगको समेत उपचार गरेर रोगलाई निको पारेको धार्मिक कम्वदन्ती छ । 

कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर भगवान् गौतमबुद्धसँग सम्बन्धित रहेको भन्ने दाबी गरिएको छ । यसअगावै यस स्थलको इँटा, कोलवृक्षको नमूनालगायतका वस्तु लुम्बिनी विकास कोषले लगिसकेको पाइन्छ । 

यसैगरी कोटही मन्दिरसमेत यही स्थानमा सुरक्षित छ । ऐतिहासिक धार्मिक र पुरातात्विक महत्व भएको कोटही मन्दिरलाई यहाँका स्थानीयवासी परापूर्वकालदेखि कुलदेउताको रुपमा मान्दै आएका छन् । मन्दिरको आफ्नै महत्वपूर्ण धार्मिक विश्वास रहिआएको छ । मन्दिर परिसरमै ऐतिहासिक कुवासमेत रहेको छ । कुवाको समेत ऐतिहासिक धार्मिक र पुरातात्विक महत्व छ । 

समग्ररुपमा ऐतिहासिक जावा ताल, विश्वकै लोपोन्मुख वृक्ष कोलवृक्ष, कोटही मन्दिर र ऐतिहासिक कुवा भएको हुनाले यहाँ पर्यटकीय क्षेत्र को ठूलो सम्भावना रहेको छ । 

पर्यटकीय क्षेत्रको उच्च सम्भावना रहेको यस क्षेत्रको विकासका लागि दृघकालिन गुरुयोजना बनाएर पर्यटकीय हब बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो । कोटही मन्दिर क्षेत्र, कोलवृक्ष, कुवालगायतका क्षेत्र करीब दुई हजार ५०० मिटर क्षेत्रफलमा फैलिएको छ । यसबाहेक करीब पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको पाइन्छ । 

कोलवृक्ष नजिक विश्राम गरेर त्यसको पातको लेप शरीरभरि लगाउने र यसको फल खाँदा कुष्ठरोग निको हुने जनविश्वास रहेको स्थानीयवासी देवराज चौधरीले बताउनुभयो । अब यस क्षेत्रमा पिकनिक स्पोर्टदेखि विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा तथा दुर्लभ जलचरको अकलोकन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न स्थानीय तह लागिपरेको वडा नं २ का वडाध्यक्ष शम्भुप्रसाद चौधरीले जानकारी दिनुभयो । 

कोटही मन्दिर स्थानीवासीले कुलदेउताको रुपमा पूजाअर्चना गर्दै आएकाले यसको आफ्नै महत्व रहेको स्थानीयवासी राजाराम यादव बताउनुहुन्छ । यी सबै क्षेत्रलाई एकीकृत रुपमा विकास गर्नसके बाह्य पर्यटकलाई विशेष आकर्षणको रुपमा भित्र्याउन सकिने अवस्था रहेको वडा नं २ का वडासदस्य नरेन्द्र चौधरी बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group