ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थमन्त्री खतिवडाको आग्रह


admin
१७ फाल्गुन २०७५, शुक्रबार   १ : ४४   बजे

काठमाडौं,१७ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । काठमाडौंमा आयोजना गरिएको साना किसान सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले स्थानीय तँहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि सन्तुलित ढंगले अघि बढाउनुपर्ने पनि स्मरण गराउनु भयो ।अर्थमन्त्री खतिवडाले सरकारले किसानको माझमा सेवा र सुविधा पु¥याउन कृषिसम्बन्धि सम्पूर्ण कार्यक्रम र त्यसका लागि आवश्यक जनशक्ति र बजेट स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको पनि स्पष्ट पार्नु भयो ।

स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिहरुले पूर्वाधारको विकास गर्ने तर उत्पादनमा जोड नदिने हो भने पूर्वाधार विकासबाट पनि प्रतिफल लिन नसक्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।अर्थमन्त्री खतिवडाले विगतमा किसानहरुको घरदैलोमा सेवा, सुविधा नपुगेपछि सरकारले कृषिसम्बन्धि सबै कार्यक्रम र बजेट स्थानीय सरकारले नै परिचालन गर्ने योजना, नीति तथा कार्यक्रम तय गरेको पनि उल्लेख गर्नु भयो ।

खतिवडाले कृषिउपजको उपयोगका लागि सरकारले न्यून पारिश्रमिक भएका कर्मचारीहरुको तलव वृद्धि गरि दिएको पनि बताउनु भयो । बिहीबारबाट सुरु भएको सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह–आयोजकका रुपमा रहेका छन् । त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक लि.,राष्ट्रिय वाणिज्य बैंक लि.,स्याकर ट्रेड्रिङ कम्पनी प्रा. लि.,छिमेकी लघुवित्त वित्तिय संस्था लि., प्रभु बैंक लि., आरएमडिसी लघुवित्त वित्तिय संस्था लि. फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लि., नेपाल डिप इरिगेन प्रा.लि., मेगनस क्न्सल्टिङ ग्रुप प्रा.ली., आई सिटी इन एजुकेसन नेपाल, श्रेष्ठ एग्री इनपुट, नेपाल बैंक लि., एनआईसी एसिया बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, प्रायोजकका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu