ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगति : उपप्रधानमन्त्री यादव


admin
१७ फाल्गुन २०७५, शुक्रबार   ३ : ५७   बजे

काठमाडौं,१७ फागुन । यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । 

नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ । यो अधिकारको प्रभावकारी कार्यान्वयन गर्न यससम्बन्धी ऐनसमेत कार्यान्वयनमा ल्याएको छ । महिला अधिकारका लागि विश्वव्यापी अभियान (सिडिसाइडस्) दिवसका अवसरमा आजदेखि यहाँ शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीले सो प्रशंसा गर्दै महिलाको शरीरमा महिलाको अधिकार हुनुपर्नेमा जोड दिए । 

दुईदिने सम्मेलनमा नेपालसहित २५ देशका २५ वर्षमुनिका २५ युवायुवतीको सहभागिता रहेको छ । सम्मेलनमा सन् १९९४ मा सम्पन्न भएको जनसङ्ख्या तथा विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) पछिको जनसङ्ख्या र विकासका क्षेत्रमा भएका उपलब्धिका समीक्षासमेत हुनेछ । 

आइसिपिडीमा प्रतिबद्ध गरेका आत्मनिर्णयको र छनोटको अधिकारको स्वतन्त्रतालाई साकार पार्न अगामी दिनमा गर्नुपर्ने कामका बारेमा समेत छलफल गरिनेछ । सन् २०१७ मा सिडिसाइडस्लाई विश्वव्यापी अभियानका रुपमा विकसित गरिएको थियो । किशोरी महिलाले आफ्नो शरीर, जीवन र भविष्यका बारेमा आफैँले निर्णय लिन पाउनुपर्छ भन्ने यस अभियानको मुख्य ध्येय छ । 

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सम्मेलनको शुभारम्भ गर्दै संविधान प्रदत्त यौन तथा प्रजनन अधिकार कार्यान्वयन गर्न यससम्बन्धी ऐन जारी भएको बताउनुभया । 

महिला अधिकारका बारेमा ग्रामीण क्षेत्रमा जनचेतना आवश्यक रहेको बताउँदै उहाँले महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सम्पत्तिमा समान हकको आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनएफपिए)का एशिया प्रमुख वियोन एण्डरसनले यौन तथा प्रजनन अधिकारमा महिलाको अधिकार स्थापित हुनुपर्छ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu