ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’


admin
१७ फाल्गुन २०७५, शुक्रबार   ४ : ५७   बजे

काठमाडौं,१७ फागुन । सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दूरगामी योजना बनाउनसक्ने नयाँ सोच भएका विकासवादी नेताको रुपमा स्मरण गरेका छन् । 

उनीहरुले मन्त्री अधिकारी राजनीति र विकासलाई एकैसाथ अघि बढाउन सक्ने र विमति राख्ने शक्तिसँग पनि समन्वय गरी निकास निकाल्न सक्ने क्षमता भएका व्यक्तिको रुपमा सम्झिए । 

उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणकी कर्मचारी ललितपुरकी देवीमायाँ खड्काले अहिलेसम्म आएका मन्त्रीहरुमध्ये केही गर्नुपर्छ, नयाँ काम देखाउनुपर्छ भन्ने व्यक्तिले छाडेर गएको भन्दै दुःख प्रकट गर्नुभयो । 

आँखामा टिलपिल आँशु बगाउँदै खड्काले स्मरण गर्नुभयो, “देशलाई समृद्ध पार्नुपर्छ भनेर लाग्ने उहाँले विमानस्थलको मुहार फेरेर हेर्न लायक बनाउनुभएको छ, विज्ञापन हटाएर एकीकृत गर्नुभयो, धेरै परिवर्तनका शुरुआत गर्नुभएको थियो, सबै अधुरै रहयो ।” 

उहाँले थप्नुभयो, “दिवङ्गत हुनुभएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया पनि केही गरौँ भन्ने भावनाको हुनुहुन्थ्यो ।” 

काठमाडौँका नवराज पोखरेलले मन्त्री अधिकारी केही गर्छु भन्ने भावना बोकेको युवा नेताको रुपमा सम्झँदै भन्नुभयो, “उहाँले नै यातायातमा विद्यार्थी छुटको कार्यक्रमलाई अगुवाइ गर्नुभएको थियो ।” 

सानैदेखि राजनीतिक गतिविधिमा चासो राख्ने मन्त्री अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबमा संलग्न भएर विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्था, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत माध्यमबाट राजनीतिक जागरणका गतिविधिमा क्रियाशील रहनुहुन्थ्यो । मन्त्री अधिकारीको योगदानको स्मरण गर्नुहुँदै शुभेच्छुक लक्ष्मी खड्काले युवा वर्गलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्ने राजनीतिज्ञ गुमाएको प्रतिक्रिया दिनुभयो । 

पेशागत महासङ्घ नेपालका सभामुख किशोरकुमार नेपालीले पर्यटन क्षेत्रमा कसैले गर्न नसकेको काम मन्त्री अधिकारीले गरेको स्मरण गर्दै विकासवादी नेता हुनुहुन्थ्यो भन्नुभयो । नेपालीले समृद्ध नेपाल कसरी बन्न सक्छ भन्ने चिन्तामा डुब्ने मन्त्रीले नेपालका ठूला विमानस्थल निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । 

विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित मन्त्री अधिकारी विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनुहुन्थ्यो । उहाँले सार्वजनिक लेखा समितिलगायत विभिन्न उपसमितिमा रहेर विकृतिविरुद्धको नेतृत्व गर्नुभएको थियो । उहाँले संविधानसभामा राष्ट्रियहित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो । 

पाल्पाका हीरा नेपाल मन्त्री अधिकारीले विद्यार्थी राजनीति गर्दा आफूले शिक्षकको राजनीति गरेको सम्झँदै भन्नुभयो, “मेरो ३० वर्षे पुरानो चिनजान थियो, देशले एउटा भरोसा लाग्दो व्यक्ति गुमाउनु प¥यो ।” उहाँले विकासवादी नेताको रुपमा अधिकारीलाई चिनेको उल्लेख गर्नुभयो । 

संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गर्नुभएका उहाँ विसं २०७० को चुनावपछि संसद्को विकास समितिमा सभापति बन्नुभयो । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिने अधिकारीले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहँदै आउनुभएको थियो । 

श्रद्धाञ्जलिका लागि टुँडिखेल पुग्नुभएका जगन्नाथ खतिवडाले विविध क्षेत्रमा योगदान दिएका राष्ट्रको विकासका सम्वाहक गुमाएको स्मरण गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group