बझाङ,१७ फागुन । बाँके जिल्लाबाट सरुवा भएर बझाङ आएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लालाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउँनुभएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उहाँले बझाङको विकास गर्न सबैले आ– आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नुपर्ने बताउनु भएको हो ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीको पदभार सम्माले लगत्तै उनले जिल्लाका पत्रकार ,राजनितिक दलका नेता, नागरिक समाजका अगुवा र समाजसेवीहरुसँग छलफल गरी जिल्लाको सम्पूर्ण विषयमा जानकारी लिनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी सुनारलाई पनि बझाङका राजनितिक दलका नेता , पत्रकार, समाजसेवी सबैले स्वागत गर्दै जिल्लाको समग्र क्षेत्रलाई मनन् गरी काम गर्न आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा जिल्लामा जुवातास, अवैध मदिरा बिक्री वितरणमा कमी ल्याउन प्रशासनले थप पहल गर्नुपर्ने विवेकशिल साझा पार्टीका नेता रमेस महरले बताउँनु भयो ।
भन्नु भयो, जिल्लामा राजनितिक दलका नेताको मनसुनका आधारमा कामहुने र पहुँच नहुने सर्बसाधारणको काम नहुने हुँदा यसलाई रोकथाम गरी सबैलाई एकनासको सेवा दिन समेत आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्