ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ३ लाई पूर्ण साक्षर बनाउँछौँ: प्रदेश सभामुख श्रेष्ठ


admin
१७ फाल्गुन २०७५, शुक्रबार   ७ : २०   बजे

भक्तपुर, १७ फागुन । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ लाई पूर्ण साक्षर प्रदेश बनाइने बताउनुभएको छ । 

आज भक्तपुरको दक्षिण बाराहीस्थित शंखधर मेमोरियल स्कूलको १५औँ वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उहाँले भक्तपुर शैक्षिक क्षेत्रमा नमूना जिल्ला बनेको बताउनुभयो । प्रदेश नं ३ लाई देश कै नमूना शैक्षिक क्षेत्र बनाइने बताउनुभएको छ । 

“यस प्रदेशमा ८२.८२ प्रतिशत पुरुष र ६७.५० प्रतिशत महिला साक्षर छन्, अहिले ७५ प्रतिशत नागरिक साक्षर भएको यस प्रदेशलाई आगामी पाँच वर्षमा पूर्ण साक्षर प्रदेश बनाउँछौँ ।” देशमा बढ्दो बेरोजगारीका कारण ४० लाख युवा रोजगारीका लागि खाडी मुलुकमा गइरहेको चर्चा गर्दै उहाँले अहिलेको शिक्षा नीतिलाई परिमार्जन गर्नुपर्ने औँल्याउँनुभयो । 

उहाँले भन्नुभयो, “अबको शिक्षालाई रोजगारी र सीपसँग जोडेर लैजानु आवश्यक छ, आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा दिनु पर्छ, त्यसतर्फ सरकार केन्द्रित हँुदैछ ।” 

कार्यक्रममा वातावरण विषयमा विद्यावारिधी गर्नुभएका विद्यालयका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य सांसद डा राजेन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगरपालिकाले सामुदायीक र निजी विद्यालयलाई कुनै भेदभाव नगरेको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं शंखधर मेमोरियल स्कुलका संस्थापक प्रिन्सिपल मदन सुन्दर श्रेष्ठले शंखधर चोकको विकास, सर्भिस ट्र्याकको निर्माण, अरनिको राजमार्गको मध्यपुर क्षेत्रमा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने, खानेपानीको समस्या समाधानलगायत कार्य गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group