ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो


एबीसी न्यूज
१८ फाल्गुन २०७५, शनिबार   ८ : ५३   बजे

 

This image has an empty alt attribute; its file name is Womens-Cricket-Nepal.png



काठमाडौँ, १८ फागुन ।  खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । 

पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो । थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार अपराह्न स्वदेश फर्कियो । महिला टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित थिए । 

अन्तर्राष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसिसी टी–२० विश्वकप एशिया छनोटमा उपविजेता हुँदै फर्कियो । आइसिसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जित निकाल्दै छनोट भएको थियो । नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो । जसका कारण १० अङ्क जोडे पनि छनोट नभई घर फर्कनुपरेको हो । 

प्रतियोगितामा नेपालकी रुवीना क्षेत्रीले ह्याट्रिक विकेट लिएर कुवेतविरुद्ध सनसनी प्रदर्शन गरिन् । रुवीना नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेकी छिन् । तर, विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिएका थिए । यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा बिहीबार समर्थकहरु कोही पनि विमानस्थल पुगेनन् । 

अघिल्लो महिना युएइमा सम्पन्न टि–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइएको थियो । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना पुगेर विमानस्थलमै व्यक्तिगत रु दश÷दश हजार पुरस्कार प्रदान गर्नुभयो । यसैगरी सरकारले जनही रु पाँच÷पाँच लाख दिने निर्णय गरिसकेको छ । महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन । 

थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सात राष्ट्र रहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुासार आयोजक थाइल्याण्ड शीर्षस्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो । 

महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना नेपाली महिला क्रिकेट टोलीले उत्कृष्ट खेल खेलेको बताउनुभयो । दुई महीनाबीचमा महिला टोलीले खेलेका १२ मध्ये दुई खेलमा मात्र पराजय भोग्यो । आइसिसीको बरियतामा समेत नेपाल १४औँ स्थानमा रहनु नेपालका लागि उपलब्धि नै मान्नुपर्छ । 

नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा नरमाइलो लागेको प्रतिक्रिया दिइन् । “यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ”, उनको भनाइ थियो । 

दृष्टिविहीनको फाइन मन्त्रालयमै थन्कियो 

युएइबाट शृङ्खला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन क्रिकेट टोली अर्को शृङ्खला जितेर स्वदेश फर्किएको थियो । 

दृष्टिविहीन टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट विमानस्थल पुग्नुभयो । उनीहरुलाई सोही दिनै युवा तथा खेलकूद मन्त्रालयमा बोलाएर सम्मान पनि गरियो । तर, उनीहरुलाई राखेपले खेलाडीलाई जनही रु एक÷एक लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही रु ५० हजार दिन सिफारिश गरे पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन । 

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले अहिलेको खेलकूद कार्यविधिअनुसार दृष्टिविहीन टोलीलाई आर्थिक सहयोग गर्न नसकिने बताउँदै कार्यविधि संशोधनको तयारी भइरहेको बताउनुभयो । “राखपेले आर्थिक सहयोगका लागि प्रस्ताव पेश गरेको छ, अहिलेको कार्यविधिअनुसार दिन सकिँदैन, अर्थमन्त्रालयसँग छलफल गरेर मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि संशोधनमा लागेका छौँ”, उहाँले भन्नुभयो । 

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको र पहिलोपटक नै पाकिस्तानविरुद्धको सिरिज जितेर फर्किएको नेपाली दृष्टिविहीन टोलीलाई राज्यले उपेक्षा गरेको दृष्टिविहीन क्रिकेट सङ्घका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले गुनासो गर्नुभयो । “राखेपले १५ खेलाडीलाई जनही रु एक लाख तथा सात अफिसियललाई जनही रु ५० हजार प्रदान गर्न मन्त्रालयमा सिफारिश गरे पनि मन्त्रायबाट अहिलेसम्म निर्णय हुनसकेको छैन”, उहाँले भन्नुभयो । 

सीमित स्रोतसाधन र तयारीका बाबजुद नेपाली टोलीको प्रदर्शनलाई सकारात्मक रुपमा लिनुपर्ने र आउँदा दिनमा नेपाली महिला क्रिकेट खेलाडीलाई पनि राज्यले सम्मान गर्दै अघि बढेमा मात्रै थप केही गर्ने जोश र जाँगर खेलाडीमा बढ्ने अपेक्षा गर्न सकिने बताउनुहुन्छ नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे । 

नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो । क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिनुभएको र महिला क्रिकेटको परिवेश सिर्जना गर्न सहयोग पुगेको थियो । विसं २०६१ फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो । नेपाली किशोरी पहिलोपटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए । उक्त प्रतियोगितामा २९ विद्यालयले सहभागिता जनाएका थिए । 

उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो । क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो । सोही वर्ष नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको थियो ।––– 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu