बागलुङ,१८फागुन । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा आपनै श्रीमानले श्रीमतिलाई गोली प्रहार गर्दा घाइते भएकी छ ।
विहीबार घरायसी विवाद हुँदा साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन् ।
कम्मरको भागमा छर्रा लागेर घाइते भएकी घर्तीलाई मोटर बाटोमा हिँउ जमेको कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएपी) चिरञ्जिवी कोईरालाले जानकारी दिनु भयो ।
मादक पदार्थ सेवन गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिनु भएको छ । बन्दुक प्रहार गर्ने चन्द्रबहादुर भने फरार रहेका प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्