ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धबाबा पुग्ने भक्तहरुलाई भजन किर्तन सहितको नि-शुल्क बस सेवा


sharan sharan
१८ फाल्गुन २०७५, शनिबार   ९ : ४३   बजे

बुटवल ,१८ फागुन ।
सिद्धबाबा मन्दिर विकास समितिले मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरि नि शुल्क धार्मिक बस संचालनमा ल्याएको छ । सिद्धबाबा आउने दर्शनार्थीहरुलाई बुटवलबाट आउने समस्यालाई सम्बोधन गर्न धार्मिक पर्यटन बस संचालन गरेको अध्यक्ष दल बहादुर गुरुङ्गले बताउनुभयो । गतवर्ष शिवरात्रीमा उठेको साढे ४ लाख सहयोग रकमबाट बस संचालन गर्न सफल भएको उहाले बताउनुभयो ।
गत बर्ष संकलन भएको दान रकम सहित थप आर्थिक ब्यवस्था गरि बस किन्नका लागि मन्दिर ब्यवस्थापन समितिले तोया लम्साल, प्रेम प्रसाद पाण्डे र बुद्ध बहादुर बस्नेतको खरीद समिति गरेको थियो । आगामी दिनहरुमा बस थप गरेर सेवा विस्तार गर्ने लक्ष रहेको समितीले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । समितीका अनुसार बसमा भजन किर्तन सहित मन्दिर आउने भक्तहरुलाई नि शुल्क सेवा दिईने छ ।
बजार मुल्य २९ लाख ६० लाख भएको टाटाको २६ सिटको बसलाई २ लाख ७० हजार छुटमा खरीद गरिएको खरिद समितीका सदस्य तोया लम्सालले बताउनुभयो । बस विहान ५ बजे बुटवलको योगीकुटीबाट छुट्ने र त्यसपछि प्रत्येक घण्टा दिउसो १२ बजेसम्म ट्राफिक चोकबाट संचालन हुने उहाले बताईएको छ । निशुल्क सेवा भएकाले यात्रुले यात्रा गरेवापत स्वईच्छाले बसमा रहेको दानपेटीमा सहयोग गर्न सक्नेछन् ।
तिनाउ गाउपालिका वडा नं. ३ वडाअध्यक्ष तथा मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रेम प्रसाद पाण्डेले मन्दिरको वार्षिक आम्दानी ५२ लाख तथा खर्च ४२ लाख रहेको बताउनुभयो । अहिले खातामा २४ लाख बचत रहेको समेत उहाले जानकारी दिनुभयो े । पाल्पा र रुपन्देहीको सिमानामा रहेको सिद्धबाबा मन्दिरमा शिवरात्रीका दिन ठूलो मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group