बुटवल ,१८ फागुन ।
सिद्धबाबा मन्दिर विकास समितिले मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरि नि शुल्क धार्मिक बस संचालनमा ल्याएको छ । सिद्धबाबा आउने दर्शनार्थीहरुलाई बुटवलबाट आउने समस्यालाई सम्बोधन गर्न धार्मिक पर्यटन बस संचालन गरेको अध्यक्ष दल बहादुर गुरुङ्गले बताउनुभयो । गतवर्ष शिवरात्रीमा उठेको साढे ४ लाख सहयोग रकमबाट बस संचालन गर्न सफल भएको उहाले बताउनुभयो ।
गत बर्ष संकलन भएको दान रकम सहित थप आर्थिक ब्यवस्था गरि बस किन्नका लागि मन्दिर ब्यवस्थापन समितिले तोया लम्साल, प्रेम प्रसाद पाण्डे र बुद्ध बहादुर बस्नेतको खरीद समिति गरेको थियो । आगामी दिनहरुमा बस थप गरेर सेवा विस्तार गर्ने लक्ष रहेको समितीले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । समितीका अनुसार बसमा भजन किर्तन सहित मन्दिर आउने भक्तहरुलाई नि शुल्क सेवा दिईने छ ।
बजार मुल्य २९ लाख ६० लाख भएको टाटाको २६ सिटको बसलाई २ लाख ७० हजार छुटमा खरीद गरिएको खरिद समितीका सदस्य तोया लम्सालले बताउनुभयो । बस विहान ५ बजे बुटवलको योगीकुटीबाट छुट्ने र त्यसपछि प्रत्येक घण्टा दिउसो १२ बजेसम्म ट्राफिक चोकबाट संचालन हुने उहाले बताईएको छ । निशुल्क सेवा भएकाले यात्रुले यात्रा गरेवापत स्वईच्छाले बसमा रहेको दानपेटीमा सहयोग गर्न सक्नेछन् ।
तिनाउ गाउपालिका वडा नं. ३ वडाअध्यक्ष तथा मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रेम प्रसाद पाण्डेले मन्दिरको वार्षिक आम्दानी ५२ लाख तथा खर्च ४२ लाख रहेको बताउनुभयो । अहिले खातामा २४ लाख बचत रहेको समेत उहाले जानकारी दिनुभयो े । पाल्पा र रुपन्देहीको सिमानामा रहेको सिद्धबाबा मन्दिरमा शिवरात्रीका दिन ठूलो मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्