ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध


admin
१९ फाल्गुन २०७५, आइतबार   १० : ५३   बजे

काठमाडौं,१९ फागुन ।  पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ ।

स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् । यही फागुन २० गते लाग्ने शिवरात्रि मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायबाट पाँच हजार स्वयंसेवक परिचालन हुने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले बताउनुभयो । 

शिवरात्रिका लागि केही दिनदेखि नै पशुपति क्षेत्रलाई रङरोगन गरेर सजाउने कार्य भएको छ । शिवको दर्शनका लागि एकादशीदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ ।

शिवरात्रीकै लागि भनेर नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकेको सदस्य ढकालले बताउनुभयो । पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ ।

कोषका अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड – दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लाम, जयबागेश्वरी –इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट एक लाम, बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान – सुमार्गी भवन अगाडि – चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन गर्नेका लाम रहनेछन् । 

त्यस्तै तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लाम राख्न सकिने जनाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी मेला अवधिभर परिचालन गरिने डा ढकालले बताउनुभयो । भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि पशुपतिनाथको मन्दिर नजीक हुने गरी मुख्य क्षेत्रमा चिकित्सक, परिचारिका, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।

एम्बुलेन्स कुनै बेला पनि रहने गरी स्वास्थ्यसँग सम्बन्धित करीब ५० संस्थाले सेवा प्रदान गर्नेछन् । पशुपति क्षेत्रको वातावरण स्वच्छ बनाउन एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थाननीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । शिवरात्रिका दिन बिहानैदखि दर्शनार्थीको भीड लाग्ने हुँदा जुत्ताचप्पल व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । त्यस्तै पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखन निषेध गरिएको छ । 

साधुसन्तका लागि आवश्यक निशुल्क भोजन, पानी, चिया र बसोबाससमेतको व्यवस्था मिलाइएको छ । चिसोबाट बच्नका लागि धुनी जगाउन दाउराको व्यवस्था पनि मिलाइएको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताउनुभयो । 

उहाँका अनुसार महाशिवरात्रि पर्वको पर्सिपल्ट एकादशीका दिन बाटो खर्चसहित साधुसन्त, जोगी–बाबाहरुका लागि बिदाइको व्यवस्थासमेत भइसकेको छ । यस्तै दर्शनका लागि अशक्त र ज्येष्ठ नागरिकलाई विशेष खालको व्यवस्था रहेको र अन्यका हकमा लाममै बसेर दर्शन गर्नुपर्ने अधिकृत ढुङ्गानाले औँल्याउनुभयो । 

त्यस्तै आवास, भोजन तथा भौतिक पूर्वाधारका लागि हंसमण्डप, वनकालीको खुलास्थान, तीनगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी करीब सय संघसंस्थाले निः शुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको कोषका प्रचारप्रसार सयोजक घनश्याम उपाध्यायले बताउनुभयो । 

पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा (गल्फकोर्स उत्तरतर्फ) एक, पशुपति क्षेत्र विकास कोेषको कार्यलयमा एक, महानगरीय प्रहरी वृत्त-ट्राफिक प्रहरी प्रभाग, गौशाला एक, सिफल एक र गुहेश्वरी पारि एक गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

त्यस्तै एअरपोर्ट, गाौशाला, चाबहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी एकातर्फी सवारी गुड्न दिने व्यवस्थासमेत मिलाइएको कोषले जनाएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शानार्थीका लागि सहज व्यवस्था मिलाउन यस वर्ष कोषले आठ उपसमिति गठन गरी तयारी शुरु गरे थियो । 

पशुपति क्षेत्रमा परम्परागत रुपमा मनाइने विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि एक विशेष महत्व बोकेको पर्व हो । नेपाल मात्र नभई विश्वका हिन्दू धर्मावलम्बी महाशिवरात्रि पर्वलाई विशेष महत्व दिएर पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउँछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group