काठमाडौं,१९ फागुन । आफैले बोकेको बन्दुकको गोली लागेर सेनाका एक जवानको ज्यान गएको छ । धनकुटाको सल्लेरीमा रहेको बरख गणमा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो ।
ब्यारेकभित्र राति ड्यूटीमा खटिएको बेला जैशीलाई गोली लागेको बताईएको छ । गोली लागेर जैशीको छाती र ढाडमा प्वाल परेको छ । उहाँलाई तीन वटा गोली एकसाथ लागेको थियो । मृतकको शव पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्