ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच स्थानीय तहमा मोबाइल एप्स


admin
१९ फाल्गुन २०७५, आइतबार   ५ : ०९   बजे


बैतडी, १९ फागुन ।  बैतडीका स्थानीय तहले प्रविधि विकासमा जोड दिदैं अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । 

चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ भने बाँकी स्थानीय तह मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

मोबाइल एप्स सञ्चालनमा आएको स्थानीय तहमा दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका तथा पाटन नगरपालिका छन् । अहिलेसम्म चार गाउँपालिका र एक नगरपालिका गरी पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएका छन् । 

एप्स सञ्चालनमा आएको स्थानीय तहमा दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका तथा पाटन नगरपालिका छन् । अहिलेसम्म चार गाउँपालिका र एक नगरपालिका गरी पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएका छन् । 

गाउँ र नगरपालिकामा सञ्चालित मोबाइल एप्सबाट गाउँ र नगरपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने दोगडाकेदार गाउँपालिकाका आइटी अफिसर जनकबहादुर विष्टले बताउनुभयो । साथै गाउँ र नगरपालिकाका काम बारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । गाउँ र नगरपालिकाका आ–आफ्ना नामबाट सञ्चालित उक्त एप्सहरु मोबाइलको प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने आइटी अफिसर विष्टको भनाइ छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यो एप्सले नागरिकलाई सहज हुने विश्वास गरिएको छ । 

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा आएको छैन् । मोबाइल एप्स सञ्चालन गर्न बाँकी रहेका गाउँ र नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन् । मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझाले नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group