काठमाडौं,१९ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्ला मात्र भएको प्रष्टीकरण दिएको छ ।
मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै फेसबुक, ट्वीटरलगायत समाजिक सञ्जाल बन्द गर्ने हल्ला भएको भन्दै भ्रम फैलाउनेलाई कारबाहीको प्रकृया अगाडि बढाइएको जनाएको छ ।
केही दिनयता मन्त्रालयको नाम जोडेर नेपालमा सामाजिक सन्जाल बन्द गर्न लागिएको कुरा सामाजिक सन्जालमा भाइरल बनेको थियो । मन्त्रालयले यसबारे स्पष्ट पार्दै त्यस्तो सुचना लाइक, कमेन्ट वा सेयर गरिएको भए तत्काल हटाउन पनि प्रयोगकर्तालाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्