ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जकोमा आजदेखि अश्वमेध गायत्री महायज्ञ शुरु


एबीसी न्यूज
१९ फाल्गुन २०७५, आइतबार   ५ : ५८   बजे

बीरगंज १९ फागुन । वीरगञ्जको अर्दशनगर रंगशालामा आजदेखि अश्वमेध गायत्री महायज्ञ शुरु भएको छ ।
आज बीरगंजको घण्टाघर स्थित विपी उधानबाट महिलाहरुले कलश यात्रा लिएर वीरगञ्जको अर्दशनगर रंगशालामा पुगेपछी अश्वमेध गायत्री महायज्ञ शुरु भएको हो ।

अश्वमेध गायत्री महायज्ञको देव सँस्कृति विश्वविद्यालयका कुलाधिपति एवं अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा प्रणव पाण्ड्याले महायज्ञ स्थलमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।

खराब मौसमका कारण राष्ट्रपति विद्यादेवी भण्डारी आउन नसकेपछि महायज्ञको उद्घाटन डा। पाण्ड्याले गरेका हुन । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले राष्ट्रपति विद्या भण्डारीले पठाएको सन्देश पढेर सुनाएका थिए ।

सन्देशमा भण्डारीले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेध महायज्ञले जीवन मुल्य र अत्याध्म अनुशासन कायम गर्ने विश्वास व्यक्त गरिएको छ ।
महायज्ञको उद्घाटन गर्दै डा पाण्ड्याले गायत्री मन्त्रोच्चारण सहित हुने महायज्ञले मानिसमा क्रान्तिकारी अध्यात्मीक चिन्तन बढ्ने बताउनु भयो । त्यस अवसरमा पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर आयोजकले सम्माने गरिएको थियो ।

२ सय ५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव सँस्कृति दर्शाउने प्रदर्शनी राखिएको छ । शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्त्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्नेछन् ।
भेली बिहानै देखी उक्त महायज्ञ स्थालमा बनाईएको २ सय ५१ वटा हवन कुण्डको बिधिवक रुपमा पुजा आजा गरिने छ ।

युग संगीत, सत्सँग एवं साँस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाईएको छ । पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।

महायज्ञको पहिलो दिन आज बीरगंजको घण्टाघरबाट करिव दश हजारको संख्यामा कलश लिएर महिलाहरु विशाल कलश यात्रा समेत निकालिएको थियो ।

यात्रामा नगर तथा बिदेशबाट आएका उल्लेख्य महिलाहरुले सहभागिता जनाएका थिए । महायज्ञ चार दिन सम्म चल्ने छ । बीरगंज महानगर क्षेत्रमा चारदिनसम्म माछा, मासुमा प्रतिबन्ध लगाइनुको साथै विद्यालयहरु पनि पूर्णरुपले बन्द गरिएको छ ।

यज्ञमा सहभागीहरुको स्वागत यज्ञ आयोजक समितिका संयोजक तथा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group