काठमाडौं,२० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारहरु हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लिलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई आज भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले सरकारले विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोजेको बताउनुभएको हो ।
प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथि बन्देज लगाउन खोजे कांग्रेसले कुनै पनि हालतमा स्वीकार नहुने देउवाको भनाई छ । उहाले स्वर्गीय पण्डितसंग आफु विद्यार्थी राजनीति गर्दा करिब १३ वर्षसंगै जेलजीवन बिताएको भन्दै पण्डितको सिद्धान्तमा रहेर पार्टी र कार्यकर्ता अगाडी बढ्न सुझाव दिनुभयो ।
वि.सं १९९० सालमा भक्तपुरको जितपुरमा जन्मिनु भएका पण्डितले प्रजातन्त्र प्राप्तिको लडाईमा आफ्नो जीवन समर्पण गनर््ुभएको थियो । पण्डितको २०७४ फागुन १ गते निधनको भएको थियो ।
प्रतिक्रिया दिनुहोस्