जनकपुर,२० फागुन । धनुषामा बिहेको स्वयंवरपछि बेहुली गायब भएकी छन् । सहिदनगर नगरपालिका–३ यदुकुहाको महरा टोलमा गए राति विवाहका प्रायः सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेलामा युवती एकाएक गायव भएकी हुन्।
बेहुली हराएपछि उनी पहिलेदेखि नै प्रेममा रहेर अर्कैसँग भागेको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय यदूकुहाले जनाएको छ। धनुषाको सबैला नगरपालिका–३ बाट यदुकुहाबाट बेहुलापक्षबाट जन्ती आएका थिए।
यदुकूहाका प्रहरी नीरिक्षक भीम खड्काका अनुसार १ बजे स्वयंवर सम्पन्न भएलगत्तै आँखा छलेर बेहुली फरार भएकी हुन्।
बेहुली फरार भएपछि टोलमा खैलाबैला मच्चिएको छ । दुबै पक्षले विवाहका लागि लाखौं खर्च गरे पनि विवाह हुन नसक्दा गाउँलेहरु निराश भएका छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको छ।
प्रतिक्रिया दिनुहोस्