ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाठेघर खस्ने समस्यामा सुधारोन्मुख


एबीसी न्यूज
२१ फाल्गुन २०७५, मंगलबार   २ : ५८   बजे


काठमाडौँ, २० फागुन । तराई–मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । 

सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको छ । 

यहाँस्थित भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा हेल्दी नेपाल कम्युनिटी फाउण्डेशनद्वारा ती जिल्लाका करीब ४५ हजार महिलामा गरिएको स्वास्थ्य परीक्षण तथा उपचारबाट सो समस्या देखिएको फाउण्डेशनका अध्यक्ष शेखर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अध्ययन सन् २०१६ देखि २०१८ सम्म गरिएको थियो । 

स्वास्थ्य परीक्षणबाट पाठेघर खस्ने समस्या देखिएका महिलालाई उपचार सेवा उपलब्ध गराइएको थियो । पाठेघर समस्या भएका महिलाको उपचारका लागि फाउण्डेशनले ती जिल्लाका विभिन्न अस्पतालसँग सहकार्यसमेत गरेको थियो । तीमध्ये पाठेघर खसेका ३६० महिलाको शल्यक्रियासमेत भएको फाउण्डेशनले जनाएको छ । 

विशेषगरी पिछडिएका, अल्पसङ्ख्यक, सीमान्तकृत महिलामा पाठेघर खस्ने समस्या पाइएको अध्ययनमा संलग्न फाउण्डेशनका कार्यक्रम संयोजक डा सदीक्षा गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै पनि कम उमेरमा विवाह गर्ने प्रचलन, जन्मान्तरको फरक कम, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीलगायतका कारण महिलामा पाठेघर खस्ने समस्या छ ।” 

अध्ययनका क्रममा रोग लुकाएर बसेका महिलाको सङ्ख्या उल्लेख्य रहेको पाइएको थियो । “सामाजिक अपहेलना हुने भयले पाठेघर खस्ने महिला उपचारमा नआउँदा समस्या बढ्दो छ”, कार्यक्रम संयोजक गिरीले भन्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघर खस्ने समस्याको निःशुल्क उपचारको व्यवस्था गरेको छ तर उपचारको पहुँचमा नआउँदा यो समस्या विकराल बन्दै गएको बताइएको छ । 

भारतीय राजदूतावासले महिला सशक्तीकरणअन्तर्गत प्रजनन स्वास्थ्य क्षेत्रमा सहयोग गरेको पहिलोपटक रहेको बताइन्छ । तीन चरणमा सम्पन्न गरेको सो परियोजनाको कुल अनुदान रकम चार करोड ९४ लाख ७० हजार ८४० रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group