ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालपोखरामा डुङ्गाबाट एकै दिनमा ८० हजार बराबरको आम्दानी


एबीसी न्यूज
२१ फाल्गुन २०७५, मंगलबार   ५ : २३   बजे


काठमाडौँ, २० फागुन ।  पर्यटकीय क्षेत्र रामपुरको तालपोखरामा डुङ्गाबाट एकै दिनमा रु ८० हजार बराबरको आम्दानी भएको छ । महाशिवरात्रि पर्वका दिन सोमबार डुङ्गा सञ्चालनबाट सो आम्दानी भएको हो । 

सोमबार एक हजारभन्दा बढी टिकट बिक्री भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो । यही फागुन १६ देखि २० गतेसम्म चलेको विशेष मेलामा डुङ्गाबाट रु एक लाख ६० हजार आम्दानी भएको उहाँले बताउनुभयो । “डुङ्गाबाट नसोचेको आम्दानी भएको छ”,उहाँले भन्नुभयो । दानपेटिका र उद्यानबाट रु दुई लाख आम्दानी भएको छ । 

कास्कीको फेवातालको स्वरुपमा निर्माण गरिएको तालपोखरामा तीन याफ्टिङसहित ६ डुङ्गा सञ्चालन गरिएको थियो । तालको बीचमा जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने र अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । “डुङ्गामा एकै पटकमा १५ देखि २० जनासम्म राख्न सकिन्छ”, डुङ्गा चालक भगवान् देवकोटाले भन्नुभयो । 

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तालपोखरामा पहिलो पटक डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको स्थानीयवासी ओमप्रकाश रेग्मी बताउनुहुन्छ । सो प्रतियोगितामा ११ समूहले भाग लिएको थियो । किशोर देवकोटाको समूह दुई मिनेट २३ सेकेण्डमा तालपोखरामा डुङ्गा घुमाएर पहिलो भयो । हरि भण्डारीको समूह द्वितीय तथा अमृत भण्डारीको समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु दश हजार, रु पाँच हजार र रु दुई हजार ५०० पुरस्कार प्रदान गरिएको थियो । 

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा प्रतियोगिताबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको बताउनुहुन्छ । “नगरपालिकाले प्राथमिकतामा राखेर प्रवद्र्धनमा सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो । 
नेपालकै उत्कृष्ट १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताउनुभयो । 

वर्षायामको पानी जम्मा हुने सो पोखरीलाई स्थानीयवासीले तालको रुपमा विकास गरेका हुन् । करीब ६५ रोपनी क्षेत्रफलमा फैलिएको सो ताललाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन २०६६ सालमा संस्था गठन गरी निर्माण अगाडि बढाइएको हो । श्रीमद्भागवत् धनधान्यान्चल ज्ञान महायज्ञ सञ्चालन गरी यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको परिकल्पनाकार देवराज देवकोटा बताउनुहुन्छ । “अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, उहाँले भन्नुभयो । अहिले दैनिक करीब २०० जनाले डुङ्गा चढ्ने गरेका छन् । कुलो र नहरको पानीबाट तालपोखरामा डुङ्गा सञ्चालन गरिँदै आएको छ । नजिकै रहेको कालीगण्डकीबाट समेत लिफ्टिङ गरी तालमा पानी ल्याइएको छ । 

कृत्रिमतालले पर्यटकलाई लोभ्याउन सफल भएको छ । कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । तालपोखराको पूर्वाधार निर्माण गर्न हालसम्म रु एक करोड ९८ लाख ६८ हजार खर्च भएको र बाँकी पूर्वाधार निर्माणमा रु एक करोड बराबर खर्च हुने लेखा समिति संयोजक पुरुषोत्तम ढकालले बताउनुभयो । रामपुर नगरपालिकाले आव २०७३÷७४ मा रु एक लाख २५ हजार, आव २०७४÷७५ मा रु २८ लाख तथा चालू आव २०७५÷७६ मा रु २० लाख रकम विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group