ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आर्थिक समृद्धिको सम्भावना खोजी हुँदैछ’


एबीसी न्यूज
२२ फाल्गुन २०७५, बुधबार   ८ : ११   बजे

सुर्खेत, २२ फागुन ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिगो आर्थिक समृद्धिका लागि सम्भावनाको खोजी गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउनुभएको छ । सल्यानको बनगाड–कुपिण्डे नगरपालिकामा आयोजित कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले दिगो आर्थिक समृद्धि गर्न आयस्रोत वृद्धिका आधारहरु तयार गर्नुपर्नेमा जोड दिनुभयो । 

“प्रकृति प्रदत्त स्रोतहरुको सही सदुपयोग गरौँ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “आत्मनिर्भर कर्णाली प्रदेश बनाउन कृषिमा जोड दिऊँ ।” महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अवसर सृजना गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “हामीसँग भएको स्रोतको पहिचान गरी तिनको उत्पादन, निर्यात र बजारीकरणमा सबल बनौँ र हामीमा लागेको गरीबीको ट्याग हटाऔँ ।” 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कुपिण्डेको पर्यटन र बनगाडको संस्कृतिले सल्यान जिल्लाको समृद्धिको आधार भएको बताउनुभयो । उहाँले कृषि उपजसँगै सिङ्गारु, सोरठी, सिरिङ्गे, सैरली, गर्रा नाच र मौलिक संस्कृतिले पर्यटकहरुलाई आकर्षण गर्नाका साथै अर्थतन्त्रमा पनि अपेक्षाकृत वृद्धि हुने विश्वास दिलाउनुभयो । 

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले कृषि, पर्यटन र सांस्कृतिक मेलाले यहाँका नागरिकको जनजीवनलाई प्रतिस्पर्धी र आत्मनिर्भर बन्न प्रेरणा दिने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अन्न उत्पादनको भण्डारका रुपमा चिनिँदै आएको सल्यान प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले पनि धनी छ ।” 

उद्योग वाणिज्य सङ्घ सल्यान, बजार व्यवस्थापन समिति सल्लीबजार र से–फोक्सुण्डो मिडिया प्रालिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ । एक सातासम्म सञ्चालन हुने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता हुने से–फोक्सुण्डो मिडिया प्रालिका प्रमुख जीवन बिसीले जानकारी दिनुएभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group