ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीर्घकालिन प्रकृतिका विकासमा पूँजी र जनशक्तिको आवश्यक : अर्थमन्त्री खतिवडा


admin
२२ फाल्गुन २०७५, बुधबार   १ : ४३   बजे


काठमाडौ,२२ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले व्यवसायिक क्षेत्रको लगानीमा देखिएको अभाव हटाउन पनि बैंक तथा वित्तिय संस्थाहरुले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

बुधबार काठमाडौंमा नेपाल पूर्वाधार बैंक लिमिटेडको उद्घाटन गर्दै उहाँले मुलुकमा दीर्घकालीन प्रकृतिको विकास आयोजनाका लागि पूँजी र जनशक्ति दुवै आवश्यक रहेको उल्लेख गर्दै त्यो अभाव पूर्ति गर्ने दिशामा अघि बढन पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भयो ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले छिटो मुनाफा लिने होडमा मात्रै ध्यान केन्द्रित गर्न नहुने पनि स्मरण गराउनु भयो । ४० अरव अधिकृत पूँजी र २० अरव जारी पूँजीमा स्थापना गरिएको सो बैंकले ४० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गरेको छ ।

बैंकका अध्यक्ष अनुज अग्रवालले पूर्वाधार विकासमार्फत् सरकारसँग सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्ताहरुलाई सामाजिक लाभांश समेत प्रदान गर्ने लक्ष्य लिइएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu