ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर घटना :सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद


admin
२२ फाल्गुन २०७५, बुधबार   ३ : २४   बजे



धनगढी,२२ फागुन । बरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना सुरक्षाकर्मी तथा डेढ वर्षीय एक बालकको हत्या भएको टीकापुर घटनाको आज (बुधबार) फैसला भएको छ ।

कैलाली जिल्ला अदालतले गरेको फैसला अनुसार कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय भएको छ ।

त्यसैगरी एक नावालक सहित १३ जनालाई तीन वर्ष कैदको सजाय सुनाइएको छ भने , तीन जनालाई निर्दोष करार दिएर सफाई दिइएको छ ।

जिल्ला न्यायधीस परशुराम भट्टराईको एकल इजलासले गरेको फैसलामा प्रतिनिधि सभा सदस्य रेशमलालसहित राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौैंरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम डगौंरा चौधरी, हरिनारायण चौधरी र नावालक श्रवण चौधरीलाई जन्मकैद सजाय सुनाइएको छ ।

१० वर्षीय श्रवण नावालक भएकाले जन्मकैदको आधा अर्थात् दश वर्ष कैद सजाय हुने फैसलामा उल्लेख छ । जन्मकैद सजाय पाएका मध्ये रेशमलाल हाल काठमाडौंस्थित डिल्लीबजार कारागारमा थुनामा रहेका छन् भने श्रवणबाहेक नौ जना कैलाली कारागारमा थुनामा रहेका छन् । नावालक श्रवण हाल कास्कीको पोखरास्थित बाल सुधार गृहमा रहेका छन् ।

टीकापुर घटनामा प्रहरीले ५८ जनामाथि मुद्दा दायर गरेकोमा २७ जना थुनामा रहेका छन् भने ३१ जना फरार अवस्थामा छन् । कैलाली जिल्ला अदालतले लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौंरा, प्रेम
बहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारुचौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई जनही तीन वर्षको कैद सजाय सुनाएको छ ।

त्यसैगरी नावालक करन चौधरीलाई छ महिना कैद सजाय सुनाइएको छ ।
तीन वर्ष कैद सजाय मध्ये चुन्नीराम चौधरीबाहेक अन्य सबै १२ जनाले कैद भुक्तान गरिसकेकाले आजै जेलमुक्त भएका छन् ।
त्यसैगरी सोही घटनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नुरुल अली जागा भनिने तहा“वर अली जागा, विश्राम चौधरी कुस्मी र राम नरेश चौधरीले सफाई पाएका छन् ।

२०७२ साल भदौ सात गते थरुहट–थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी सुरक्षाकर्मी तथा डेढ वर्षीय बालकको नृशंस हत्या भएको थियो ।

प्रहरीले ५८ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी सहित तीन मुद्दा दायर गरेको थियो । कैलाली जिल्ला अदालतले अभियुक्तहरुलाई डाकाचोरीमा सफाई दिए पनि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा कसुरवार ठह¥याउदै सजाय सुनाएको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुद्दा चलाएका मध्ये हाल फरार अवस्थामा रहेका ३१ जनाविरुद्धको मुद्दा मुल्तवीमा राखिएको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group