काठमाडौ,२३ फागुन । जेसिआई काठमाडौं लेडि नेपालले विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत महिलाहरुलाई सम्मान गरेको छ ।
हरेक वर्ष अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा महिलामा प्रेरणा र उत्साह जगाउन जेसिआई काठमाडौं लेडि नेपालले महिला सम्मान कार्यक्रमको आयोजना गर्ने गरेको छ । फरक- फरक क्षेत्रमा लामो समय कार्यरत र अनुभवी व्यक्तित्वहरुलाई ७ विधामा बिहिबार अभिनन्दन गरिएको थियो ।
जसमा पत्रकारिता विधाबाट एबीसी न्यूजकी पत्रकार सन्तोषी अधिकारी सम्मानित हुनुभएको छ । महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आउनुभएकी पत्रकार अधिकारीले पिडित असाहाय महिलाको विकास र उत्थानमा कलम चलाउदै आउनुभएको छ ।
कार्यक्रममा महिलाहरुलाई सम्मानपत्र प्रदान गर्दै काठमाडौं महानगरपालीकाकी उपमेयर हरिप्रभा खड्कीले महिला जागरुक भए परिवार र समाजको विकास हुने बताउनु भयो उहाले चुनौतिलाई पार गर्नका लागि आफै निडर भएर लाग्न सुझाव दिनुभयो ।
उहाले अधिकार प्राप्तीका लडाइबाट महिलाको हक र अधिकारहरू स्थापित भएकाले ती अधिकारहरूलाई संस्थागत गर्ने सबै महिला एकजुट हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत, प्रहरी सेवा, नेपाल स्काउट, पत्रकारीता तथा शैक्षिक क्षेत्रमा कार्यरत ७ जना महिलाहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्