कैलाली ,२४ फागुन । कैलालीको टीकापुरमा बाह्र घण्टा पछि जंगली चितुवा नियन्त्रणमा लिएको छ । चितुवाको आक्रमणबाट ट्रफिक प्रहरी जवान देबिभक्त धिताल, १५ वर्षे बालक सम्राट शाह र ८० वर्षिय शेरबहादुर विक र खडानन्द न्यौपाने घाइते भएका छन् ।
चितुवाले धितालको पछाडीको घाटी, हात र ढाडमा, बालकको निधार, टाउकोमा चोट लागेको छ । त्यस्तै बिकको खुट्टोको घुडामा, न्यौपाने हिप भागमा गहिरो चोट लागेको छ ।
टीकापुर अस्पतालमा उपचार भैरहेको छ भने, चितुवाको अक्रमणमा परेका शेरबहादुर विक र खडानन्द न्यौपानेलाई टीकापुर अस्पातालमा उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरेको र ट्रफिक प्रहरी जवान धिताललाई थप उपचारको लागि काठमाण्डौ पठाएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले बताउनु भयो ।
जनपद प्रहरी, शसस्त्र प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालयको सव डिभिजन लम्कीको टोलीले चितुवा नियन्त्रण लिएको छ । टोलीले चितुवालाई चारै तिरबाट घेरी चितुवालाई तीन ईन्जेक्सन लगाएर चितुवालाई विहवार राति नियन्त्रण लिई बार्दिय राष्ट्रिय निकुञ्ज लगेको टीकापुर प्रहरी कार्यालयका सही चंख कडायत बताए ।
प्रतिक्रिया दिनुहोस्