धनकुटा,२४ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमीरेले पत्रकारहरुलाई राजनीतिक कामको पत्रकार भन्दा व्यवसायिक पत्रकार बन्न आग्रह गरेका छन ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले धनकुटाको भेडेटारमा गरेको रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र हबको बाटो विषयक सञ्चारकर्मीसँगको दुई दिन अन्तरक्रिया कार्यक्रमको उद्यघाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमीरेले त्यस्तो बताएका हुन।
उनले पत्रकार महासंघको साधारण सदस्य लिएका कति पत्रकार छन भन्दा पनि वास्तविक व्यवसायिक पत्रकार कति छन भनेर एकिन गर्नुपर्ने बताए। उनले आवश्यकताको पहिचान गरेर वेरोजगारी समस्या समाधान हुने भएकाले अहिलेको आवश्यकता हरेक कुरामा नयाँ प्रविधी ल्याउनु रहेको बताए।
कृषिमा नयाँ प्रविधी ल्याउनुपर्ने भन्दै मन्त्री घिमिरेले प्रदेश सरकाले छ हजारलाई सिपमुलक तालिम दिने तयारी गरेको जानकारी दिए। तथ्याकमा एक र व्यवहारमा अर्को भएकाले नेपालमा कृषिमा व्यवसायिक हुन नसेको मन्त्री घिमिरेको भनाई थियो । कार्यक्रममा प्रदेश १ का ४० जना पत्रकारको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस्