ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणको नेतृत्वमा महिला


admin
२५ फाल्गुन २०७५, शनिबार   १० : २७   बजे


बेझाड ,२५ फागुन ।  रामपुर नगरपालिका–४ बाङ्गेपसल बस्ने ४२ वर्षीय सुमनखाम्चा मगर महिला भएर पनि निर्माण व्यवसाय क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले आफ्नो जीवनको दुई दशक भने मजदूरी गरेर बिताउनुभएको थियो । 

शुरुमा बालुवा चाल्ने, इँटा बोक्ने, सिमेन्ट घोल्ने, घरको गारो लगाउने काम गर्नुभएकी मगरले अहिले आफँैले घर, भवन ठेक्कामा लिएर काम गर्नुहुन्छ । उहाँ विगत पाँच वर्षदेखि रामपुर नगरपालिका क्षेत्रमा आफ्नै नेतृत्वमा घर भवन ठेक्कामा लिएर काम गर्ने महिला निर्माण व्यवसायी हुनुहुन्छ ।

श्रीमान् देवबहादुर खाम्चा मगरसँगै मजदूरी गर्दै आउनुभएका मगरले पुरुषले जस्तै व्यवसायी भएर काम गर्ने रामपुर क्षेत्रकै एकमात्र महिला निर्माण व्यवसायी हुनुहुन्छ । उहाँले हालसम्म २० भन्दा बढी घर आफ्नै नेतृत्वमा सम्पन्न गरिसक्नुभएको छ । 

विभिन्न सङ्घ संस्थाबाट भवन निर्माणसम्बन्धी तालीम लिएपछि काममा सहज भएको उहाँको भनाइ थियो । यही काम गरेर एक छोरीलाई काठमाडौँमा कम्प्युटर इञ्जिनीयर पढाउनुभएको छ । यही कामबाट वर्षमा रु सात लाखसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो । 

“महिलाले आफैँलाई कमजोर बनाएकाले पछाडि परिरहेका हुन्, दुई हातखुट्टा मज्जाले चलेकै छन्, पुरुषसरह नै ठूला ठूला घर, भवन निर्माण कार्यमा म आफँैले नेतृत्व लिएर काम गरिरहेको छु”, उहाँले भन्नुभयो । यसरी काम गर्न थालेपछि उहाँलाई अर्काको भर पर्नु परेको छैन । “घरखर्चबाट बाँकी रकम वचत गर्छु, आफूमा जाँगर छ भने काम सानो र ठूलो हँुदैन”, मगरको भनाइ छ । 

मगर रामपुर नगरपालिका–५ स्थित राङभाङमा दश पुरुष मजदूरलाई आफ्नो मातहतमा राखेर घर बनाउने कार्यमा अहिले व्यस्त हुनुहुन्छ । मगरका श्रीमान् श्रीमती दुवैले छुट्टाछुट्टै घर भवन ठेक्का लिएर काम गरिराख्नुभएको छ ।

“महिला भनेर पछाडि हट्यो भने समाजले सधैँ पछाडि पारिरहेको हुन्छ, मसँगै घर भवन बनाउने काममा श्रीमती लिएर हिँडे, उनले विस्तारै काम सिक्दै जाँदा काम राम्रोसँग सिकिन्, अहिले आफँैले नेतृत्व गरिरहेकी छिन्”, मगरका श्रीमान् देवबहादुरले भन्नुभयो । 

रामपुर नगरपालिका क्षेत्रमा करीब दुई हजार ५०० को हाराहारीमा घर, भवन निर्माण कार्यमा मजदूर कार्यरत छन् । पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिमा एक हजारभन्दा बढी मजदूर आबद्ध रहेकामा त्यसमध्ये ६० जना महिला मजदूर कार्यरत रहेको समितिका महासचिव निलकण्ठ भण्डारीले बताउनुभयो । 

यस क्षेत्रमा कार्यरत महिला मजदूरले घर, भवन बनाउने काममा मजदूरी गरेर छोराछारीको पढाइ, घरखर्च चलाउँदै आएको उहाँ बताउनुुहुन्छ । महिलाले पनि पुरुषसरह नै मिस्त्री काम गरेर जीविकोपार्जन गरिरहेका छन् । शहरोन्मुख क्षेत्रमा अगाडि बढेको रामपुर नगरपालिकामा पछिल्लो समय बस्ती बढ्न थालेपछि धेरैलाई रोजगारीको अवसर मिलेको छ । 

सात महिला पत्रकार सम्मानित 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाल्पाका राससकर्मी सुशीला रेग्मी सहित सात क्रियाशील महिला पत्रकार सम्मानित भएका छन् । रामपुर नगरपालिकाले शुक्रबार रामपुर क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट निरन्तर रूपमा समाजमा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । 

राससका रेग्मी, दैनिक पत्रका संवाददाता सीता डोटेल, सामुदायिक रेडियो रामपुरका रमा भण्डारी, सिर्जना घिमिरे, मेचीकाली दैनिकका संवाददाता बन्दना पोखरेल, रेडियो पाल्पाका कल्पना सोमै र मुना आलेलाई प्रदेस नं ५ का प्रदेशसभा सदस्य रमा घर्तीले सम्मान गर्नुभयो ।

त्यस्तै पूर्व सञ्चारकर्मी हलिमा खातुनलाई पनि सम्मान गरिएको छ । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने अगुवा महिलालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य घर्तीले रामपुर नगरपालिकाले महिलालाई आयआर्जनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group