काठमाडौं ,२५ फागुन । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको महिला विभागले काठमाडौको बानेश्वरमा राष्ट्रिय भेला भव्य रुपमा सम्मपन्न गरेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शनिबार भेला सम्पन्न गरेका हुन ।
भेलामा बोल्दै संयोजक आहुतिले अब महिलाहरुले नै आफ्नो नीति बनाउनु पर्ने त्यसमा महिलाहरू नै सहभागी भएर बनाउनु पर्ने बताउनु भयो । अहिले सम्म महिलाहरू सम्बन्धि निर्णय पुरुषले गर्ने गरेको हुदाँ त्यस्ले महिलाहरू फाईदा नपुर्याएकोले अब आफ्नो निर्णय आफैले गर्नु पर्ने बताउनु भयो ।
भेलामा जागृत रायमाझी ,राजकुमार हिङमाङ,कमला हेमचुरी लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।महिला विभागका संयोजक धनकुमारी सुनारले अब महिला हरुको मुक्ति का निम्ति नयाँ ढगले अघि बढनु पर्ने बताउनु भयो । उहाँले महिलाहरुको अधिकार सुनिश्चितताको लागि उत्पिडित सम्पुर्ण महिला एक भएर वैज्ञानिक समाजवादी व्यावसथाको लागि तयार हुनु पर्ने समेत आग्रह गर्नु भयो। भेलाले वैज्ञानिक समाजवादी महिला संगठन नेपालको घोषणा गरि धनकुमारी सुनारको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ ।
धनकुमारी सुनार,बुध्दलक्ष्मी महर्जन ,विना लामा,कुसुम परियार,मिङमा लामा,मञ्जु थापामगर,रुपा सुनार,रश्मि रिमाल,श्याम कुमारी राई,तिर्थमाया लामा,हिरादेवी दास,कमला श्रेष्ठ,रुकु रणपाल,रुपा तामाङ ,सबिना परियार,पार्वती गजमेर,संगीता श्रेष्ठ,माया शर्मा,दुर्गा दनुवार,मुगा राई,सरस्वती रणपाल,तारा परियार,सरस्वती श्रेष्ठ,ईन्दिरा पाठक,विष्णु जैरु,दिल कुमारी सुनाम,धनमाया परियार,कल्पना परियार निर्मला सुन्दास,कुमारी कार्की,विमला सिलवाल,उर्मिला वर्देवा,निलम महरा,गिता तिलुङ,खरिमाया दर्जी रहेका छन ।
भेलामा देशै भरीबाट १३२जना प्रतिनिधि र पर्यवेक्षक साथै महिलाहरुको उपस्थिति रहेको थियो। कविहरुले महिला सम्बन्धि कविता समेत बाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्