काठमाडौं,२५ फागुन । टुडिखेलमा आइतबारदेखि एक हप्ते योग शिविर हुने भएको छ । मनोक्रान्ती केन्द्रको स्थापनाको ३२ औँ बर्ष पुगेको अवसरमा केन्द्रले टुटिखेलमा एक हप्ते नि शुल्क योग शिविर आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष डा योगि विकासान्दले जानकारी दिए ।
नसर्ने रोगहरुको जोखिव बढिरहेको अवस्थामा योग ध्यानबाट यस्ता रोगहरुको जोखिमबाट बच्न र तनावमुक्त जिवन उनल उत्प्रेरित गर्नको लागि आफूहरुले एक हप्ते नि:शुल्क योग शिविर आयोजना गर्न लागेको बताए ।
फागुन २६ गते देखि चैत २ गते सम्म टुटिखेलमा हरेक दिन विहान साढे छ बजे देखि साढे आठ बजे सम्म चल्ने शिविरको लागि उपत्यका बाहिरबाट आउने व्यक्तिहरुलाई संस्थाले नै आवसिय व्यवस्था गर्ने समेत केन्द्रले जानएको छ । यसको लागि केन्द्रले विभिन्न सामाजिक संस्था तथा स्थानिय निकायसंग आर्थिक सहयोग संकलन गरेको केन्द्रले जनाएको छ ।
दैनिक हजार जना भन्दा धेरैले सहभागिता जनाउने पूर्व अनुमान गरिएको शिविरमा सहभागिता जनाउन देशभरका मनोक्रान्ती केन्द्रहरुलाई आमन्त्रण गरिएको समेत केन्द्रका अध्यक्ष डा।योगिविकासान्दले बताए । शिविरको लागि हाल सम्म १८ लाख भन्दा बढि खर्च हुने पूर्व अनुमान रहेको समेत संस्थाले जनाएको छ ।
यस्तै केन्द्रका महासचिव डा सुवास घिमिरेले ध्यान प्रणायमबाट समाजको रुपातन्त्रण मात्र नभएर स्वस्थ जीवनशैली यापन गर्न ठूलो सहयोग गर्ने हुदाँ सबैलाई योग प्रतिको झुकाव राख्न र उत्पेरित गर्न आफूहरुले सार्वजनिक रुपमै योग शिविर गर्न लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्