धनकुटा,२६ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिकामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति करिब साढे ११ बजेतिर साँगरीगढी गाउँपलिका ६ कन्यापोखरीमा भेडेटारबाट राजारानी जाँदै गरेको को .१ त ५७६५ नम्बरको ट्याक्टर पल्टिँदा जिल्लाको चौबिसे गाउँपालिका ३ घर भएका ट्याक्टर चालक ३० वर्षका मोहन सिंह तामाङको मृत्यु भएको हो ।
ट्याक्टर पल्टिँएर गम्भिर घाईते भएका तामाङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति १२ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । ट्याक्टरका सहचालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको गुरुङले बताए । ट्याक्टरमा ट्रलि जडान गरेर उक्त स्थानतिर गएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्