काठमाडौं,२६ फागुन । स्पिन्ज एक्टीभ गर्ल २०१९ दिपिका न्यौपाने बिजेता बनेकी छन
नारी दिवसको अवसरमा केभीनकेयरको उत्पादन स्पीन्जले नारी तथा कलेजगर्ललाई स्मार्ट हुन प्रेरित गर्ने उदेश्यले गरेको प्रतियोगितामा सान्त्वना कलेजकी दिपिका न्यौपाने बिजेता बनेकी हुन । माईलस्टोन कलेजकी नेहा शाहु र एभरेष्ट कलेजकी शुभद्रा रिजाल उपबिजेत बनेका छन ।
सर्चसलुशनले ब्यवस्थापन गरेको स्पीन्ज एक्टीभ गर्ल प्रतियोगितामा राजधानीका ८ वटा कलेजका ८ सय भन्दा बढी प्रतियोगिहरु रहेका थिए । हरेक कलेजबाट एक एक जनालाई फाईनल प्रतियोगिताको लागि छानीएको थियो ।
प्रतियोगीहरुले आ आफ्नो कला प्रस्तुत गरेका थिए । फाईनल प्रतियोगिताका निर्णयक मण्डलमा शारिरिक सुगठन कर्मी एबं साइकल यात्री सोनी श्रेष्ठ ,मोटरसाइकल धावक वर्षा बस्नेत र मिस नेपाल अन्तरास्ट्रिय (सन् २०१७ नीति शाह रहेका थिए ।
सौन्दर्य मिश्रित उत्पादनको रुपमा पसिना निरोधक सेन्ट र परफ्युम ,बि बि क्रिम ,बि बि टल्कम पाउडर आदिको उत्पादन पश्चात नया उत्पादनको रुपमा स्पिन्ज बजारमा सर्बोत्तम एवं सर्बो्त्क्रिस्ट महिला सौन्दर्य प्रशाधन सामाग्रीको रुपमा ल्याइएको छ
विभिन्न ९ प्रकारको सुगन्ध सहितको स्पिन्जÞले २४ घण्टा सम्म ताजापना प्रदान गर्नुको साथै यसको सुगन्ध उत्तेजना युक्त प्रवाह गर्न सक्षम र सफल भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा केभिनकेयर बाट प्रतिनिधित्व गर्दै नेपाल प्रतिनिधि श्री अमित गुप्ता,दयाल ट्रेडिङ्ग कम्पनि का निर्देशक श्री राजिव शाह ,अन्तराष्ट्रिय व्यापार का बरिष्ठ ब्रान्ड मेनेजर श्री शशांक मुतालिक र डिजिटल मार्के्टिङ्ग का सहायक मेनेजर सुश्री जननी आय्यर सहभागी रहेका थिए ।
स्पिन्जÞ एक्टिभ गर्ल २०१९ प्रतियोगिताको माध्यम बाट नेपालि युवती माझ सक्रिय जिवंशैली बिताउने कारकतत्वको रुपमा उत्पादन गरिएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्