ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्य स्व. ओलीको सम्झनामा प्रतिष्ठान बनाइने


admin
२६ फाल्गुन २०७५, आइतबार   १२ : ४४   बजे


लमही, २६ फागुन ।  प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ । 

दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण योग्दान गरेको भन्दै उहाँको योगदानस्वरुप स्मृति प्रतिष्ठान गठन गर्ने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो ।

“पश्चिम दाङको विकासका लागि छोटो समयमै उत्तरकुमार ओलीको भूमिका महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “उहाँको सम्मानस्वरुप प्रतिष्ठान बनाउने योजना बनाएका हौँ ।” 

बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण योग्दान गरेको भन्दै उहाँको योगदानस्वरुप स्मृति प्रतिष्ठान गठन गर्ने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । “पश्चिम दाङको विकासका लागि छोटो समयमै उत्तरकुमार ओलीको भूमिका महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “उहाँको सम्मानस्वरुप प्रतिष्ठान बनाउने योजना बनाएका हौँ ।” 

दङ्गीशरण गाउँपालिका–६ लेटार ओलीको सम्झनामा दाङको दङ्गीशरण गाउँपालिकाले उहाँको सालिक निर्माण गर्ने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताउनुभयो । “हामीले पश्चिम दाङका समस्या केन्द्रसम्म पु¥याउने एउटा पुल गुमाएका छौँ,” उहाँले भन्नुभयो, “स्व ओलीको सम्झनामा गाउँसभा र कार्यपालिका बैठकबाट छलफल गरी सालिक निर्माण गर्नेछौँ ।” 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि स्व। ओलीको सपना साकार पार्न स्मृति वाटिका निर्माण गर्ने जनाएको छ । तुलसीपर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सांसद ओलीले अघि सारेका विकासका ऐजेण्डलाई समृद्धिका लागि अगाडि सारिने तथा उहाँको सम्झनामा स्मृति वाटिका निर्माण गरिने बताउनुभयो ।

“ स्व: ओलीले पश्चिम दाङको विकासका लागि थुप्रै एजेण्डाहरु अघि सार्नुभएको थियो,” उहाँले भन्नुभयो, “तर उहाँले ती योजनाहरु पूरा गर्न पाउनु भएन, उब उहाँले अघि सारेका एजेण्डाहरु हामीले पूरा गर्नुपर्छ ।” उहाँले स्व। ओलीको निर्वाचन क्षेत्र तुलसीपुरका चारवटै वडामा तीनवटै सरकार मिलेर विशेष कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको समेत बताउनुभयो । 

शान्तिनगर गाउँपालिकाले पनि स्व। ओलीले बनाएका महत्वपूर्ण एजेण्डाहरुलाई पूरा गर्ने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । तत्कालीन नेकपा एमालेबाट २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका ओली २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा भने भारी मतान्तरले विजयी भएका थिए । 

विसं २०४१ मा जन्मिनुभएका ओलीको सवारी दुर्घटनामा परी यही फागुन ९ गते निधन भएको थियो । माघ २४ गते घोराही–३ चिसापानी नजीकै ओली सवार कार र बस ठोक्ँिकदा दुर्घटना भएको थियो । दुर्घटनापश्चात् गम्भीर घाइते भएका ओलीको मेडिसिटी अस्पतालमा ललितपुरमा उपचारका क्रममा निधन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group