काठमाडौं,२६ फागुन । बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको ज्यान गएपछि तनावग्रस्त बनेको छ ।
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीय र मृतकका आफन्तले गरेको आन्दोलनले उग्र रुप लिन थालेपछि तनाबग्रस्त बनेको हो ।
आन्दोलनकारीले राजमार्ग अवरुद्ध गर्नुका साथै इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा गरेका छन् । स्थिति थप तनावग्रस्त बन्दै गएपछि प्रहरीले हवाइफायर, लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको लाठी चार्जबाट सिद्धबहादुर बोगटी, तेज नेपाली र जयन्ती विष्टको घाइते भएका छन् । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शनिवार साँझ ५ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेयको ग्रेडरले ठक्कर दिँदा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्