ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी गठबन्धनसँग भएको सहमति उपलब्धिमूलक : सांसद


admin
२६ फाल्गुन २०७५, आइतबार   ५ : १९   बजे

काठमाडौं,२६ फागुन ।  राष्ट्रियसभाका सांसदहरुले सरकार र स्वतन्त्र मधेशी गठबन्धनबीच शुक्रबार भएको सहमति देशका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद खिमलाल भट्टराईले भन्नुभयो, “सरकार र गठबन्धनबीच भएको ११ बुँदे सहमतिका कारण देशले ठूलो उपलब्धि हासिल गरेको छ ।” “सरकारले शान्ति पूर्ण बाटोमा ल्याउने उद्देश्यले सिके राउतसँग सहमति गरेको हो, सबै खाले असन्तुष्टलाई सम्बोधन गर्ने गरी सहमति भएको छ, जुन वैचारिक उपलब्धि हो,” सांसद भट्टराईले भन्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले मधेशी गठबन्धन जस्ता अन्य सङ्घ÷सङ्गठन सबैलाई सहमतिमा ल्याउने कोशिश गरिरहेको भन्दै सांसद भट्टराईले सहमतिपत्रमा भएको शब्दलाई लिएर प्रश्न उठाउँदै अनावश्यक प्रचारप्रसार नगर्न आग्रह गर्नुभयो । 

“स्वतन्त्र मधेशलाई सरकारले स्वीकार गरेको भनिएको छ, त्यसो होइन, नामलाई स्वीकार गरिएको हो, स्वतन्त्रलाई होइन, जनमत सङ्ग्रह होइन, लोकतान्त्रिक विधिबाट जनअभिमत भनेको हो, स्वशासन र स्वायत्तताका बारेमा पनि अपव्याख्या गरिएको छ, भ्रम नछरौँ,”उहाँले भन्नुभयो । 

सांसद भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक समूहलाई राजनीतिको मूलधारमा आउन पनि आग्रह गर्नुभयो । 

सांसद रामनारायण विंडारीले वर्तमान सरकारलाई आलोचना गर्दागर्दै विगतका सरकारले परिवर्तनका नाममा गरेका कामको पनि समीक्षा गर्नुपर्छ भन्नुभयो । उहाँले सिके राउतसँग सरकारले गरेको सहमतिलाई अपव्याख्या नगर्न आग्रह गर्दै रचानात्मक सुझावका लागि प्रतिपक्षसँग अपिल गर्नुभयो । 

सांसद कमल ओलीले अमेरिकी लगानीलाई नेपालमा भित्र्याउन दोहोरो कर मुक्ति सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद रामप्रीत पासवानले रेशमलाल चौधरीको मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक रुपमै समाधान गर्नुपर्ने माग गर्नुभयो । उहाँले सांसद कमल ओलीले कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रयोग गर्नुुभएको ‘मरेपछि डोमै राजा’ भन्ने शब्दप्रति आपत्ति जनाउनुभयो । 

सांसद जीतेन्द्रनारायण देवले सिके राउत र सरकारबीच शुक्रबार भएको ११ बुँदे सहमतिलाई आफूले सहज रुपमा ग्रहण गरेको बताउनुभयो । विगतमा राउतले राष्ट्र विखण्डन गर्ने भने पनि पछिल्लो पटक शान्तिका लागि प्रतिबद्ध भएकामा उहाँले सकारात्मक रुपमा लिनुभएको छ । 

“सहमतिको बुँदा नं २ मा जनमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने भनिएको छ, त्यसमा बहस हुनु स्वाभाविक पनि हो, त्यसको विधि के हो ?, सरकार कुन विधिसँग सहमत भएको हो, सरकारले गोपनीयताको नाममा गरेको सहमति पारदर्शी भएन,” उहाँले भन्नुभयो । 

सांसद देवले सहमतिपत्रमा उल्लेख भएका शब्दको सही चयन नभएको भन्दै जनमतबारे प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गर्नुभयो । सिके रावतको समूहले आगामी दिनमा देश विखण्डनको विषयमा कुरा नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ । 

सांसद ठगेन्द्रप्रसाद पुरीले सरकारले एक वर्षको अवधिमा धेरै महत्वपूर्ण ऐन बनाए पनि ऐनको सैद्धान्तिक पक्षलाई ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद राधेश्याम अधिकारीले सरकारले सिके राउतसँग गरेको ११ बुँदे सहमतिमा उल्लेख गरिएको शब्दप्रति आपत्ति जनाउनुभयो । 

“पछिल्लो पटक एनसेलको कार्यालयलगायत देशका विभिन्न स्थानमा विप्लव समूहले गरेको बम र चन्दा आतङ्कलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, विप्लव समूहप्रति सरकारको धारणा सार्वजनिक हुनुपर्छ”, उहाँले भन्नुभयो । चन्दा आतङ्क वा वाम आतङ्क मच्चाउने जो कोहीलाई पनि कानूनअनुसार कारवाही हुनुपर्ने उहाँको माग छ । सांसद विमला राई पौड्यालले महिला हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै पुरुष र महिलाबीचको ज्याला समान हुनुपर्छ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group