ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट गाई ल्याउने प्रदेश सरकारको निर्णयको विरोध


admin
२६ फाल्गुन २०७५, आइतबार   ५ : ३८   बजे


काठमाडौं,२६ फागुन । चीनबाट गाई खरिद गर्ने प्रदेश सरकारको निर्णयको केन्द्रिय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको छ ।

प्रदेश ३ सहित अन्य २ वटा प्रदेशले चीनबाट ४ हजार गाई खरिद गरेर ल्याउने सम्झौतामा हस्ताक्षेर गरेपछि केन्द्रिय दुग्ध सहकारी संघ, नेपालले त्यसको विरोध गरेको हो ।

नेपालमा रहेका गाईहरुको उचित संरक्षण गरी दुध व्यवसायको प्रवद्र्धन गर्न छाडेर प्रदेश सरकारहरुले विदेशको गाई ल्याउने सम्झौता गरेपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिनु भयो ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमै प्रशस्त मात्रामा दुध दिने गाई हुँदाहुँदै प्रदेश सरकारहरुले चीनबाट गार्ई ल्याउने निर्णय गरेर नेपालका पशु किसानहरुलाई मारमा पार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

प्रदेश ३ को सरकारले चाईना एकेडेमी कल्चरल मेकानाईजेसन साईन्स (क्याम्स) सँग चीनबाट गाई आयात गर्ने सहमति गरेको थियो । त्यसप्रति संघको आपत्ति छ । संघका अध्यक्ष सापकोटाले नेपालमा दुध दिने गाईको अभाव नभएको स्पष्ट पार्नु भयो । उहाँले नयाँ जातको घास, दुध र दुधको परिकार बनाउनका लागि आवश्यक प्रविधि भित्रयाउन पनि सरकारसँग माग गर्नु भयो ।

प्रदेश ३ को सरकारले नेपाललाई दुधमा आत्म निर्भर बनाउन भन्दै चार हजार गाई चीनबाट भित्रयाउने सहमति गरेको थियो । सो सहमतिले नेपालको गाई लोप भएर जाने संघको बुझाई छ । नेपालकै गाईको संरक्षणमा सरकारले आवश्यक बजेटको व्यवस्था गरे दुधको अभाव नहुने संघका अध्यक्ष देवकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group