ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा ! म छाउघर जानै पर्ने हो ?


admin
२७ फाल्गुन २०७५, सोमबार   ३ : ००   बजे


वीरेन्द्रनगर, २७ फागुन । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पर्ने हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’ 

पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे । छाउगोठमै रिना बलात्कार भएपछि उनी र उमेशबीचको प्रेमकथाले वियोगान्तको रुप लिएपछि दर्शकका आखाँ रसाए । उक्त संवाद सुर्खेत आयोजित रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको ‘छाउ’ नाटकमा सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा कुप्रथाको दर्दनाक अवस्थालाई नाटकमा उतारिएको हो । 

नाटकको शुरुवात मुुख्य पात्र भनिएका उमेश र रिनाको प्रेम कहानीबाट शुरु हुन्छ । उनीहरु एक अर्कालाई औधी मन पराउँथे । उमेश पढ्न भनी सदरमुकाम गएको हुन्छ । कलेज बिदामा घर आएको बेलामा उमेश र रिनाको सम्बन्धबारे गाउँभरी हल्ला फैलन्छ । दुबैका परिवारले उमेश र रिनाको विवाह गर्ने निधो पनि गर्छन् । विवाहको तयारी भइरहेको हुन्छ । यस्तैमा विवाहको केही दिन अगाडि रिना महिनावारी भएपछि नाटकको शृङ्खला अन्तै मोडिन्छ । 

नाटक मध्यभागमा पुगेपछि छोरीको बिहेको कुरा छिनेका बुबा र आमा रिना महिनावारी हुँदा भएको घटनाले निराश हुँदै विवाह नहुनेमा चिन्तित हुन्छन् । 
छाउगोठबाट फर्केपछि भने रीनाले बिहे गर्ने निर्णय एकाएक परिवर्तन गर्छे । उनको निर्णयका कारण दुबै परिवार अचम्ममा पर्दछन् ।

रिनाका बुबाले छोरीले निर्णयले र समाजमा लाज भएको सोची आत्माहत्या गर्ने अवस्थासम्म पुग्दछन् । उता उमेशकी बहिनी जमुनी पनि महिनावारी हुन्छे र उसलाई छाउगोठ जान नदिनका लागि रिनाको विद्रोह शुरु हुन्छ । ‘‘म जस्ता यो समाजका धेरै रीनाले छाउगोठमै दुःख पायाका छन्, यहाँबाट उनीहरुलाई निकाल्नुछ’’ उनको यो विद्रोहको आवाजपछि दर्शकको ताली बज्छ । 

कथाको अन्त्यमा जमुनीसँग आफू छाउगोठ बस्दा बलात्कृत भएको घटना सुनाउँछे । यो कुरा उमेशले सुनेर रिनाले विवाह गर्दिन भन्नाको कारण थाहा पाएर रिनासँगै विवाह गर्न स्विकार गर्छ । र दुबैको विवाह भएपछि नाटक टुङ्गिन्छ । 

‘छाउ’ नाटकका लेखक तथा निर्देशक पुष्प अवस्थीले नेपाल सरकारले देखेको समृद्धिको सपना देशमा जडा गाडेको यस्ता कुप्रथा अन्त्य नभएसम्म समृद्धि हुन नसक्ने भन्दै समाजलाई चेतना दिने उद्देश्यले नाटक रचिएको गरिएको बताउनुहुन्छ । 

त्यस्तै नाटकमा रीनाको भूमिकामा अभिनय गरेकी सगुन पोख्रेलले आफू सुदूरपरिश्चमा जन्मिएको र छाउप्रथाले आफूलाई पनि छोएकाले यो भूमिका निर्वाह गरेको बताउँछिन् ।नाटकमा मञ्चन गरिएझै सुर्खेतमा आठ महीनाअघि १६ वर्षीया किशोरीको बलात्कार हुनाका साथै त्यसअघि कतिपय किशोरीले ज्यान समेत गुमाइसकेका थिए । 

करीब १२ वर्षअघि छाउगोठ बसेकी सुर्खेतको बाबियाचौरकी पार्वती नेपालीलाई सर्पले डसेर मृत्यु भएको थियो । उनको मृत्युको करीब छ वर्षपछि घाटगाउँमा अर्की पार्वती नेपालीको त्यसैगरी अकालमा ज्यान गयो । यस्ता कपितपय घटना अझै चर्चामा आएका छैनन् । 

छाउगोठमा बस्दा सर्पले डसेर, निस्सासिएर, चिसोले कठ्याङ्ग्रिएर र बलात्कारजस्ता आपराधिक घटना भएर कतिपयको मृत्यु भएकाले यो प्रथालाई निर्मूल पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट जति प्रयास भए पनि अझै सार्थक परिणाम निस्किन सकेको छैन । 

अधिकारकर्मी धना जिसी गैरसरकारी सङ्घ संस्थाले जति अभियान चलाए पनि मान्छेको मानसिकता परिवर्तन नहुँदासम्म यसको अन्त्य असम्भव हुने बताउनुहुन्छ । 

पश्चिम सुर्खेतका विभिन्न गाउँमा समेत अभियानका क्रममा छाउगोठ भत्काउने क्रम जोडतोडका साथ चल्यो । तर गैससले आफ्नो अभियान छोडेर फर्केलगत्तै धमाधम छाउगोठ ठडिएका छन्  । 

अभियानको नाममा गोष्ठी अन्तक्र्रिया गरेर प्रतिवेदन पेस गरी बजेटसक्ने काम भएको स्थानीयवासीको आरोप छ । छाउ भएका बेला घरभित्र पस्दा देउता लाग्ने, अशुभ हुनेजस्ता अन्धविश्वासले छाउप्रथालाई पश्रय दिने गरेको पाइन्छ । 

नेपालको संविधानको धारा ३८ मा ‘‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन’’ भनिए पनि महिलाले छाउपडीकै कारण विभेद र शारीरिक तथा मानसिक पीडाका साथै ज्यानसमेत गुमाइरहेका छन् । 

पाँच महिना अघि एक किशोरी छाउपडीकै कारण बलात्कारको शिकार हुँदा समाजमा किशोरीको चरित्रबारे प्रश्न उठाइएको थियो । गाउँका ठूलावडा भन्नेले यो घटनालाई ढाकछोप गर्नतिर लागे र बलात्कार गर्ने तीन अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएपनि बिना कारबाही तत्कालै छोडिदियो । अहिले ती किशोरीको परिवार न्यायको खोजीमा भौतारिएको छ । 

त्यसैगरी बाबियाचौरकी पार्वती बुढाको मृत्युलाई पनि घरपरिवार र समाजले अन्य कारणबाट मृत्यु भएको भन्दै ढाकछोप गर्न खोजे पनि वास्तविकता सार्वजनिक भएपछि चार दिनपछि शव उत्खनन गरी परीक्षण गरिएको थियो  । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group