ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्याब्सनमा पुरी समूहको उम्मेदवारी घोषणा


admin
२७ फाल्गुन २०७५, सोमबार   ३ : ३१   बजे

काठमाडौं,२७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि टीकाराम पुरी समूहले आज उम्मेदवारी घोषणा गरेको छ । 

यहाँ पत्रकार सम्मेलन आयोजना गरेर पेशागत व्यावसायिक समूहबाट पुरीसमूहले उम्मेदवार घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार पुरीले निजी क्षेत्रका विद्यालयमा देखापरेका समस्यालाई सम्बोधन गर्न आफ्नो समूहको उम्मेदवारी दिने बताउनुभयो । 

अर्को समूहबाट अध्यक्षमा डिके ढुङ्गाना उम्मेदवार बन्नुभएको छ । तर ढुङ्गाना समूहले अझै उम्मेदवारी घोषणा गरेको छैन । 

“राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि पेशागत व्यावसायिक सङ्क्रमणकाल अझै सकिएको छैन”, पुरीले भन्नुभयो, “उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालय सञ्चालनमा प्रश्न चिह्न खडा गरेको छ ।

त्यसैले सबैलाई चिर्दै राष्ट्र र समाजप्रति निजीलाई थप उत्तरदायी बनाउनु आवश्यक रहेको छ ।” दुई वर्षभित्र राष्ट्रको मूलधारमा निजी विद्यालयलाई ल्याउने आफूले पहल गर्ने बताउनुभयो । 

घोषणासभामा पेशागत समूहतर्फबाट महासचिवका उम्मेदवार ईश्वरबहादुर गुरुङगले विभिन्न १४ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गर्नुभयो । प्रतिबद्धतामा कम्पनीमा सञ्चालित विद्यालय कम्पनीअन्तर्गत नै सञ्चालन गर्न पाउनुपर्ने व्यवस्थालाई स्थापित गराउने, सरकाद्वारा उच्च शिक्षामा उपलब्ध गराइने ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा संस्थागत विद्यालयसँग गरिएको विभेद अन्त्य गराउने, सरकारद्वारा ल्याइएको विद्यालयस्तरीय प्राविधिक शिक्षा कार्यक्रमलाई संस्थागत विद्यालयमा पनि समान ढङ्गले लागू गराउन सरकारसँग पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सन्दर्भमा न्यून र मध्यम आय वर्गका विद्यालयले अहिलेकै अवस्थामा व्यवस्थापन गर्न नसक्ने भएको हुँदा सरकारसँग वैकल्पिक व्यवस्थापन गराउने जस्ता रहेका छन् । 

पेशागत समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा गोपाल आचार्य, कृष्ण खनाल, अनिलकुमार झा र दिपीका थापा, प्रदेश नं १ उपाध्यक्ष नारायण घिमिरे, प्रदेश नं २ उपाध्यक्षमा गोपाल कार्की, प्रदेश नं ३ उपाध्यक्षमा शान्तिविक्रम बानियाँ, गण्डकी प्रदेश उपाध्यक्षमा माधवशरण उपाध्याय, प्रदेश नं ५ उपाध्यक्षमा विष्णु पन्थी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा फणिन्द्रराज विडारी उम्मेदवार बन्नुभएको छ । 

यस्तै महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा मधु लोहनी उम्मेदवार बन्नुुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार महाधिवेशन हुनेछ । 

‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका साथ शुरु हुने महाधिवेशनमा दुई हजार ४३८ प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group