ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीका उद्योगी सामाजिक सुरक्षा योजनाको बिरोधमा


sharan sharan
२७ फाल्गुन २०७५, सोमबार   ४ : २१   बजे

बुटवल, २७ फागुन ।
रोजगारदाताहरु सक्षम नहुंदा सम्म सरकारले लागु गर्न खोजेको सामाजिक सुरक्षा योजना कार्यान्वयन हुन नसक्ने उद्योगीहरुले बताएकाछन् । उनीहरुले राज्यले रुग्न बनेको उद्योगको जिम्मामा कोष जम्मा गर्ने काम छाडेर श्रमिकहरुको जिम्मेवारीबाट राज्य उम्कन खोजेको आरोप समेत लगाएकाछन् ।
रुपन्देही उद्योग संघले आज बुटवलमा गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले राज्यले स्पष्ट उद्योग निती नबनाउंदै सामाजिक सुरक्षा योजना लागु गर्न खोज्नु गलत भएको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै संघिय सरकारका श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारले लागु गर्न खोजेको सामाजिक सुरक्षा योजनाले श्रमीक र रोजगारदातका बिच रहेको दुरी कम हुने दाबी गर्नुभयो ।
उहांले युवाहरु बिदेश पलायन हुने क्रमलाई पनि सरकारको योजनाले रोक्न खोजेको भन्दै सुरक्षा योजनाले रोजगारदाताहरुलाई जनशक्तिको समेत अभाव नहुने बताउनुभयो ।
कार्यक्रममा सहभागि उद्योगिहरुले भने सरकारले लागु गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले उद्योगिहरुको समस्या बढाउने भन्दै चिन्ता ब्यक्त गरेका थिए । रुपन्देहीका उद्योगी बिष्णु श्रेष्ठले रोजगारदाताको समस्या नबुझी योजना ल्याईकाले कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।
रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष दिनेशराज रेग्मीले सरकारी योजना राम्रो भएपनि उद्योगहरुले धान्न नसक्ने बताउनु भयो ।
सरकारले श्रमिकरुको अधिकार सुनिश्चितता गर्ने भन्दै यसै वर्ष देखि योगदानमा आधारीत सामाजिक सुरक्षा योजना सार्वजानीक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu