ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी सम्बन्धमा बनेको विधेयकमाथि छलफल


admin
२७ फाल्गुन २०७५, सोमबार   ४ : ५९   बजे


विराटनगर, २७ फागुन ।  प्रदेशसभाको बैठकमा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । 

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले सरकारको तीन खम्बे अर्थनीतिअनुरुप सहकारी पनि एउटा पाटो भएकाले त्यो ऐन सहकारी लगानीमैत्री हुनुपर्ने धारणा राख्नुभयो । 

उहाँले यो ऐनमा सहकारी विकास बोर्डको अवधारणा आउनुपर्ने उल्लेख गर्दै विकास, समृद्धिको यात्रामा सहकारीलाई कसरी समावेश गर्ने कुरा ऐनमा प्रष्ट आउनुपर्नेमा जोड दिनुभयो । सदस्य बिन्दिया कार्कीले यो विधेयकलाई असल र राम्रो बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गर्नुभयो । 

शून्य समय 

प्रदेशसभा सदस्य रामकुमार राईले खोटाङको धाकलाङमा निर्माणाधीन पुलले लामो समय पार गरिसक्दा पनि सम्पन्न नभएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले हरिहर÷ गजुरमुखी निर्माण कम्पनीले जिल्लामा थालेका विकास निर्माण कार्यमा निकै सुस्त गतिमा अगाडि बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

सदस्य सरिता थापाले नेपाल र तिब्बतसँग जोड्ने किमाथाङ सडकको अरुण नदी किनारमा रहेका २०० रोप्नी जग्गालाई संरक्षण गर्न प्रदेश सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रदेशसभाको अर्को बैठक फागुन २८ गते दिउँसो १२ बजे बस्ने छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu