ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकाबिहानै नोट बोकेर नेता ज्यु ढोकामा उभिए पछि….


sharan sharan
२७ फाल्गुन २०७५, सोमबार   ९ : ५४   बजे

बुटवल, २७ फागुन ।
बुटवल उपमहानगरपालिकाका जन प्रतिनिधिहरु अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बुझाउन घरघरमै पुगेकाछन् । उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै असक्त र ८० वर्ष उमेर समूहभन्दा माथिका नागरिकहरुलाई घरमै पुगेर भत्ता प्रदान गरिँदै आएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं। १ ले वडामा रहेका असक्त तथा ज्येष्ठ नागरिकहरुलाई आज घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले पुरानो बुटवल स्थित नारायणथान टोलकी एकसय चार वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई सुरक्षा भत्ता हस्तान्तरण गर्दै कार्यक्रमको शुरु गरेका थिए । ४ महिनाको आठ हजार रुपैयाँ नगद रकम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । लिगलले वडाका चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ जनालाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका थिए ।

वडा अध्यक्ष लिगलसहित वडा सदस्यहरु मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता बितरण गरेका थिए । घरमै भत्ता बोकेर जनप्रतिनिधिहरु आएपछि स्थानीयबासीहरु निकै खुसी भएका छन् । उनीहरुले बल्ल सरकार भएको महसुस गरेको समेत प्रतिक्रिया दिएका छन् । सरकार भेटे जस्तै अनुभुति भएको भत्ता बुझेपछि स्थानीय चन्द्रमान शाक्यले बताए । नगरका १९ वटै वार्डमा घरघरमा भत्ता बितरणको कार्य भएको वडा अध्यक्ष लिगलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu