पोखरा, २८ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिकको मूलधारमा ल्याउने नाममा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले देश टुक्राउने र जनमत संग्रह माग्दै हिंड्ने काँग्रेसका लागि सह्य नभएको बताउनुभयो । सम्झौतामा भएका बुन्दाहरु राष्ट्रघाती रहेको दाबी गर्नुभयो ।
सरकारले फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताउनुभयो । प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने, अधिनायकवादतर्फ जान सक्ने धारणा ब्यक्त गर्नुभयो । आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको समेत टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्