बझाङ,२९ फागुन । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एक युवक मृत फेला परेका छन । बुधबार जयपृथ्वी नगरपालिका १० चैनपुरमा सुर्मा गाउँपालिका घर भएका ३६ वर्षिय धर्क बोहरा मृत फेला परेका हुन ।
मृतक बोहराको टाउँकोमा चोट रहेको छ घटनाको बारेमा स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
यसरी सदरमुकाम चैनपुरमा यो साता चोरी तथा हत्या का घटनामा बृद्घि भइरहेको स्थानियहरु को भनाइ छ । घटनाको छानविन गर्न घटनास्थलमा प्रहरी पठाइसकेको र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्