काठमाडौं, २९ फागुन । वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जनालाई पहरीले पक्राउ गरेको छ ।
काठमाडौं बसुन्धरास्थित डेल्टा मेनपावरका संचालक सिन्धुपाल्चोक घर भएका राजन केसीलाई बानेश्वरबाट मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राजनले तुर्की देश पठाईदिन्छु भनी करिब ७० जनासँग प्रतिव्यक्ति ४ लाखका दरले पैसा उठाई हालसम्म विदेश नपठाएको सम्बन्धमा अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
पीडितहरुले राजनलाई बानेश्वरबाट नियन्त्रण लिएकोमा बैदेशिक रोजगार विभागले आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा पठाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्