ललितपुर, २९ फागुन । ललितपुर महानगरपालिका–११ युएनपार्कबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं बालाजु बस्ने नुवाकोटका ३४ वर्षीय प्रलाद गुरुङ र २६ वर्षीय सोम पन्तलाई नियन्त्रीत लागूऔषध डाईजापाम १४ एम्पुल, फेनारगन १६ एम्पुल र नोर्फिन ६ एम्पुल सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
ठाउँस्थित महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गुरुङ र पन्तलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।
यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्