पाल्पा, २९ फागुन । पाल्पामा जनप्रतिनीधि र कर्मचारीले सरकारी गाडीको चरम दुरुपयोग गरेका छन् ।
सार्वजनिक बिदाको दिन पूजाआजा, जन्त जादा मलामी जादा समेत सरकारी गाडी प्रयोग हुनेगरेको छ । यसरी जिल्लामा सरकारी गाडीको चरम दुरुपयोग हुन थालेपछि स्थानियबासीले यसको विरोध गरेका छन् ।
बुधवार मात्र पाल्पा जिल्लाका जिल्ला समन्वय अधिकारीले आफ्नो कूलपुजाका लागि सरकारी गाडिमा बोका बोकाएर गाउसम्म पुगेका छन् ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुखले प्रयोग गर्दै आएको बा १ झ ५८८१ नंम्बरको सरकारी गाडि जिल्ला समन्वय अधिकारी रामप्रसाद पाण्डेले बुधबार स्याङ्जाको विर्घा घरमा आफ्नो कूलपूजाका लागि बोका बोक्न प्रयोग गरेका हुन् ।
सरकारी गाडीको दुरुपयोगबारे समन्वय प्रमुख पाण्डे संग बुझदा आफूले हिंडालेर ल्याउन सम्भव नभएकोले गाडिमा राखेर कूलपूजाको लागि बोका गाउमा लगेको स्वीकारे । ‘यो त सामान्य कुरा हो नि’, उनले भने, ‘म गाडिमा जान्छु बोका हिंडालेर लैजाउ भन्न मिलेन ।’ उनले कूलपुजामा बोका हिंडाएर लैजान सम्भव नभएकोले गाडि प्रयोग गरेको बताए ।
जिल्ला समन्वय कार्यालय पाल्पामा यस बारेमा बुझ्दा एक कर्मचारीले भने कूलपुजाको लागि गएको भएपनि कोको त्यसमा को को गएका छन् थाहा भएन पाल्पाका ८ गाउँ पालिका र दुई नगरपालिकामा प्रयोग हुने सरकारी गाडीहरु प्राय सरकारी काम भन्दा पनि ब्यक्तिगत काममा बढी प्रयोग हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्