ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“अध्यक्ष प्रचण्डसँग नभेटी मर्छुकी भन्ने पिर लागेको थियो”– मनमाया


एबीसी न्यूज
३० फाल्गुन २०७५, बिहिबार   ८ : ४७   बजे


काठमाडौँ, ३० फागुन ।  अनुहारमा बुढेउलीका रेखाहरु प्रष्ट देखिएपनि मानसिकरुपमा अझै देशका लागि केही गनु्पर्छ भन्ने अठोट बोेकेकि ८१ वर्षिया मनमाया वस्नेतको एउटा इच्छा पुरा भएको छ । बस्नेतको शरिरले राम्रोसंग काम गर्दैन, हिडडुल गर्न साहारा चाहिन्छ । आफ्नै शरिर सम्हाल्न गाह्रो पर्ने उमेर भएपनि उहाँलाई आफ्नो भन्दा देश र जनताको बढि चिन्ता लाग्ने गरेको छ । बस्नेतको एउटा इच्छा थियो १० वर्षे जनयुद्धमा एउटै लक्ष्य लिएर सगै भएपनि तत्कालिन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चडलाई नजिकबाट भेटने तर उनले सकेकि थिइनन् ।
प्रचण्डलाई भेटन मंगलबार ८१ वर्षीया बस्नेत विराटनगरको एउटा होटलमा देखापरिन् । विराटनगरबाट झण्डै ४० किलोमिटर टाढा बेलबारी ११ को लक्ष्मीमार्गबाट कसैको साहारा बिनानै उनीँ विराटनगर आएकि थिइन ।

नेकपाका अध्यक्ष प्रचण्ड विराटनगर आउने खबर संचारमाध्यबाट जानकारी पाएकि थिइन । रेडियो र टेलिभिजनको समाचार नछुटाई सुन्ने उनी प्रचण्ड आउने खबरले राती राम्ररी निद्रा समेत नपरेको र बिहान विराटनगरसम्म लगिदिन धेरैजनासँग अनुरोध गरिन् तर सहयोग भएन । कसैले नलगिदिने भए भन्ने भएपछि बस चढेर उनी विराटनगर आएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरिन । तात्कालिन जनयुद्धमा आवद्ध भएकी मनमाया अहिलेपनि पार्टी गतिविधिमा उतिकै सक्रिय छिन् ।

देशमा आएको परिवर्तन प्रचण्डहरुले गरेको आन्दोलनको परिणाम भएको मनमायाको बुझाई छ । त्यो आन्दोलनमा आफुपनि सहभागि भएको तर आन्दोलनका नायक अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष भेटगर्ने मनमायाको तिब्र चाहाना यतिका वर्षसम्म पुरा हुनसकेको थिएन ।

उनले भनिन् ‘मलाई अध्यक्ष प्रचण्डसँग नभेटी मर्छुकी भन्ने पिर लागेको थियो तर आज मेरो सपना पुरा भएको छ’ अध्यक्ष प्रचण्डसँगको भेटमा उनले आफुलाई ज्यानको भन्दाबढी पार्टीको माया लाग्ने गरेकोले पार्टीलाई बलियो र सशक्त बनाउन सुझाव दिइन् । उनले भनिन्– ‘मलाई कहिल्यै पनि मेरो ज्यानको माया लागेन पार्टीकै बढी माया लाग्छ, यो पार्टीलाई सफल बनाउनु पर्छ ।’ उनले प्रचण्डले आफु गरिबको छोरा भएको र हलो जोतेर दुःख गरेर आएको भनाईबाट हामी गरिबहरु पनि प्रभावित भएर उनको अभियानमा लागेको बताइन् । जवाफमा अध्यक्ष प्रचण्डले जनताको अपार माया र सहयोगले परिवर्तन सम्भव भएको भन्दै मनमायालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group