ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ एमालेद्धारा उम्मेदवार सिफारिस


admin
२० आश्विन २०७४, शुक्रबार   १ : १२   बजे

बागलुङ, २० असोज ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) बागलुङले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।

पार्टी जिल्ला कमिटीको बैठकले प्रनिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

क्षेत्र नं १ सहित प्रदेश (क) र (ख) मा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, हीराबहादुर केसी र सूर्य पाठकलाई सिफारिस गरिएको छ । कुन उम्मेदवारलाई कुन सभामा पठाउने भन्ने निर्णय जिल्लामा हुन नसकेपछि केन्द्रले नै उम्मेदवार टुंग््याउने गरी पठाइएको पार्टी सचिव लालबहादुर थापाले बताउनुभयो ।

यसैगरी निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यका लागि मोहनलाल शर्मालाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय भएको छ । २ नं क्षेत्र अन्तर्गत पर्ने प्रदेश (क) मा पनि सर्वसम्मत हुन नसकेपछि आकंक्षी चार जनाको नाम केन्द्रमा सिफारिस गरिएको सचिव थापाले जानकारी दिनुभयो । सफारिस हुनेमा प्रेम खरेल, यामबहादुर श्रीस्, तीर्थमणि भुसाल र रत्ना भण्डारी रहेको छ ।

त्यस्तै प्रदेश (ख) बाट बडिराम अर्याल शर्मालाई सर्वसम्मत उम्मेदवार बनाउने जिल्ला कमिटिको बैठकले निर्णय गरी केन्द्रमा पठाएको छ ।
प्रत्यक्षतर्फ सिफारिस भए पनि समानुपातिकतर्फ बैठकले कुनै निर्णय लिन नसकेपछि त्यसको छनोटका लागि कमिटी बनाइएको एमाले बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu