ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि


admin
३० फाल्गुन २०७५, बिहिबार   ११ : २७   बजे


गलेश्वर, ३० फागुन ।  जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफै अगुवा बनेर उदाहरणीय काम गरेका छन् । 

आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् ।

जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुन यस्तै जनप्रतिनिधिमध्येका एक हुन् । अध्यक्ष पुन अहिले गाउँ जोड्ने सडकको स्तरोन्नतिका लागि स्थानीयवासीसँगै जनश्रमदानमा खटिइरहनुभएको छ । 

बेनी–भकिम्ली सडकखण्डअन्तर्गत हल्लेगौडाको भीरमा अध्यक्ष पुनले जनतासँगै कैयौँ दिनदेखि दिनभरि श्रम गरेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् । वडासदस्य गेमबहादुर घर्तीका अनुसार विगत तीन दिनदेखि वडाध्यक्षको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिले जनतासँगै श्रम गरेर सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ । 

सत्र किलोमिटर दूरीको बेनी–भकिम्ली मोटरबाटो स्तरोन्नतिका लागि नगरपालिकाले विनियोजन गरेको रु ३० लाखले सो सडकको स्तरोन्नति गर्न नपुग्ने भएपछि वडाध्यक्षलगायतका जनप्रतिनिधिको अगुवाइमा जनश्रमदान अभियान सञ्चालन गरिएको हो । “म तीन दिनदेखि घरमै नगइकन काममा खटेको छु”, वडाध्यक्ष पुनले भन्नुभयो, “हामी जनताको सेवा गर्न भनेर आएका हौँ, आफ्नो व्यक्तिगत कामलाई भन्दा बढी महत्व हामीले जनताको कामलाई दिनुपर्छ ।” 

नगरपालिका–३ मा स्वतन्त्र उमेदवारका रूपमा अध्यक्षमा निर्वाचित हुनुभएका पुन म्याग्दीका लागि मात्रै नभएर नेपालकै लागि एक उदाहरणीय जनप्रतिनिधि हुनुहुन्छ । अत्यन्त सादगी जीवनशैली, काममा खटिरहने प्रवृत्ति, नम्र स्वभाव, मिलनसार र सहकार्यमा विश्वास गर्ने पुन जनताको कामका लागि जस्तोसुकै दुःख सहन पनि पछि नपर्ने सच्चा जनप्रतिनिधि भएको स्थानीयवासीले बताएका छन् । 

अध्यक्ष पुनकै अगुवाइमा भकिम्लीमा रु ३ करोडभन्दा बढीको लागतमा जयन्ती माध्यमिक विद्यालयको जिल्लाकै सुविधासम्पन्न र भव्य भवन निर्माण भएको छ । देश विदेशमा रहेका भकिम्लेलीले आफ्ना जनप्रतिनिधिको विश्वासमा यति धेरै आर्थिक सहयोग गरेर गाउँमा जिल्लाकै नमूना विद्यालय भवन निर्माण गरेका हुन् । 

“भकिम्लीले साँच्चिकै जनप्रतिनिधि पाएको छ, जनताको सेवा र सुविधाका लागि सधैँ खटिरहने जनप्रतिनिधि पाउँदा हामी धेरै खुशी छौँ”, भकिम्लीका ६७ वर्षीय धनबहादुर घर्तीले भन्नुभयो, “अध्यक्षलगायत सबै जनप्रतिनिधि आफ्नो घरको काम छाडेर भकिम्लीको विकासमा खटिनुभएको छ ।” 

“अहिले नेपाली जनताको अपेक्षा पनि यही रहेको छ । आफूले मत दिएर जिताएका जनप्रतिनिधि गाउँको विकासमा लागुन्, पक्ष–विपक्ष नहेरुन्, भ्रष्टाचार नगरुन्, निष्पक्षरूपमा जनपरिचालन गरेरै भए पनि गाउँको मुहार फेरुन्, शिक्षा, सडक, स्वास्थ्य, खानेपानी र सिँचाइजस्ता आधारभूत कुरामा अब हामीले धेरै सास्ती पाउन नपरोस् यही नै जनताको चाहना हो”, उहाँले भन्नुभयो । जनचाहनाविपरीत जनप्रतिनिधि गएपछि जनतामा छाएको निराशा चिर्न म्याग्दीका पुन ‘कालो बादलभित्रको चाँदीको घेरा’ बनेर देखिनुभएको स्थानीयवासीको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group