ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड


admin
३० फाल्गुन २०७५, बिहिबार   ५ : ०५   बजे

काठमाडौं,३० फागुन । शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर(प्यान)को समस्या समाधान भएको छ । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ । 

आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार गर्ने लगानीकर्तालाई बोर्डले अनिवार्य प्यान लागू गर्ने भएको छ । लगानीकर्ता तथा सरोकार भएका निकायसँग गरिएको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा रु पाँच लाखभन्दा कम लगानी भएका वा साना लगानीकर्तालाई हाल ऐच्छिक रुपमा मात्रै प्यान लगाउने निर्णय बोर्डले गरेको छ । 

अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयअनुसार ठूला लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गरिएको र साना लगानीकर्तालाई ऐच्छिक रुपमा मात्रै लगाइने व्यवस्था गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । 

बोर्डले गरेको यस्तो व्यवस्थाले दोस्रो बजारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहजरुपमा अगाडि बढ्ने अपेक्षा राखेको छ । लगानीकर्ताले प्यान नम्बर अनिवार्य गरिन लागेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu