काठमाडौं,२ चैत । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना नेतालाई प्रहरीले प्रक्राउ गरेको छ ।
शुक्रबार राति ललितपुरको च्यासलमा रहेको कोठाबाट पोलिटब्यूरो सदस्य मोहन कार्की ’जीवन्त’ लाई प्रहरीले पक्राउ गरेको हो । गत २८ फागुनमा बसेका मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।
प्रहरी स्रोतका अनुसार जीवन्त औषधि किनेर डेरा फर्किरहेको बेला विशेष सूचनाको आधारमा प्रहरीको विशेष ब्युरोले पक्राउ गरेका हो। यसअघि पनि पक्राउ परेका कार्की सर्वोच्च अदालतको आदेशपछि रिहा हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्