ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्नी सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका उडे


admin
३ चैत्र २०७५, आइतबार   ६ : ०६   बजे

काठमाडौं,३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिताको उपचारका लागि अमेरिका प्रस्थान गर्नु भएको छ ।

अध्यक्ष दाहाल पत्नी सिताको स्वास्थ्य उपचारका लागि आईतबार अपरान्ह अमेरिका प्रस्थान गर्नु भएको हो । दाहाल पत्नी सिता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहु्न्छ ।

अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि पत्नी सिताको उपचारका लागि आफू अमेरिका जान लागेको अध्यक्ष दाहालले जानकारी दिनु भयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उहाँले संचारकर्मीमाझ पत्नी सिताले पनि आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले यस अघि सो रोगको उपचारका लागि पत्नी सितालाई आफूले सिंगापुर पु¥याएको र केही समय त्यसले सहज बनाएको पनि स्मरण गराउनु भयो ।

दाहाल पत्नी सितालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार गरिनेछ । वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धि रिसर्च सेन्टरमा पनि पत्नी सिताको स्वास्थ्य परिक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताउनु भयो ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहनुभएको छ । एक हप्ता भन्दा बढि उपचारको समय लागे पत्नी सितालाई छोरी–ज्वाईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group