काठमाडौँ, ४ चैत । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि काठमाडौंमा परकम्प जान छाडेको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
यो २०७२ वैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएकाे केन्द्रले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्